पौवादुङमाका ४० ज्येष्ठ नागरिकलाई सम्मान

भोजपुर : भोजपुर पौवादुङमा गाउँपालिकाका ४० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन्।  वडा– ३ च्याङग्रेको आयोजनामा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो। यहाँका ज्येष्ठ नागरिकलाई गत वर्ष पनि सम्मान गरिएको थियो।वडाध्यक्ष तीर्थबहादुर कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका प्रमुख अथितिसमेत रहेका गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाका ज्यूँदो इतिहासका रुपमा रहेका समाजका अभिभावक ज्येष्ठ नागरिकलाई उनीहरुले समाजमा पुर्‍याएको योगदानको कदर गर्न गाउँप

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकसम्बन्धी कानुन कार्यान्वयन गर्न माग

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।तेत्तीसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याणपरिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्।‘नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया

ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकको सङ्घर्ष र भोगाइ आजको पुस्तालाई जीवनोपयोगी

काठमाण्डाै - आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् । ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्त...

चार जना ज्येष्ठ नागरिक सम्मानित

मोरङ – विराटनगरमा चार जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। विराटनगर महानगरपालिका–१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिद्वारा शनिबार आयोजित कार्यक्रममा मेयर नागेश कोइरालाले ७० वर्ष उमेरभन्दा माथिका ४ जनालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। समितिको आठौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा मेयर कोइरालाले मानबहादुर राई, जगहीरालाल कामत, मञ्जुकुमारी मैनाली र हरिकुमारी भट्टराईलाई सम्मान गरेका थिए। […]

समृद्धि फाइनान्सद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

समृद्धि फाइनान्सले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७० वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।  कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशव राज जोशी, हेटौँडामा हेटौँडा उ.न.पा.का उप मेयर राजेश बानियाँ, पोखरामा कानुन सञ्चार तथा प्र

कनकाई नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं : झापाको कनकाई नगरपालिका ज्येष्ठ नागरिक संघले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको  प्रमुख आतिथ्यमा वडा नम्बर १ मा गरिएको कार्यक्रममा आठजनालाई सम्मान गरिएको वडाका कार्यवाहक वडाध्यक्ष देवीप्रसाद अधिकारीले जानकारी दिए।राम नवमीको अवसरमा गरिएको कार्यक्रममा ६० जनाभन्दा बढी ज्येष्ठ नागरिक सहभागी थिए। ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष पुष्पप्रसाद बाह्रकोटीले चालु आर्थिक वर्षभित्र ज्येष्ठ नागरिक चौतारी निर्माण गरी सेवा सञ्चालन गर्ने

ज्येष्ठ नागरिक ऐन कार्यान्वयन ओझेलमा

सरकारले मुलुकका ज्येष्ठ नागरिकलाई सुविधा र सम्मान दिन जारी गरेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को कार्यान्वयनमा बेवास्था हुन थालेको छ । ऐनमा उल्लेख भएअनुसार सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी तथा चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवाट सिट सुरक्षित राख्नुपर्ने र भाडादरमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनमा चासो नदिएको गुनासो बढेको …

सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति […]

ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन दम्पती सम्मानित

खोटाङ – ज्येष्ठ नागरिक संघ खोटाङले दिवा सेवा भवन निर्माणलगायतमा सहयोग गर्ने सहयोगीलाई सम्मान गरेको छ । दिक्तेलमा दिवा सेवा भवन निर्माणका क्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने तीन दम्पतीलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक संघले दिवा सेवा भवन निर्माणका क्रममा ११ हजार पाँच सय सहयोग गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलका रेखा […]

ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो । चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख […]

पोखरामा ज्येष्ठ नागरिक दिवसमा ७१ जनालाई सम्मान

ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा एकाइ १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रमका राष्ट्रिय परोपकार महासंघ केन्द्रीय अध्यक्ष एवं भागवत भाष्कर पण्डित कमलनयन गौतमले आमाबुवा नै ईश्वरको रूप रहेको बताए । घरमा रहेका बयोवृद्ध साक्...