काठमाडौं : झापाको कनकाई नगरपालिका ज्येष्ठ नागरिक संघले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा वडा नम्बर १ मा गरिएको कार्यक्रममा आठजनालाई सम्मान गरिएको वडाका कार्यवाहक वडाध्यक्ष देवीप्रसाद अधिकारीले जानकारी दिए।राम नवमीको अवसरमा गरिएको कार्यक्रममा ६० जनाभन्दा बढी ज्येष्ठ नागरिक सहभागी थिए। ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष पुष्पप्रसाद बाह्रकोटीले चालु आर्थिक वर्षभित्र ज्येष्ठ नागरिक चौतारी निर्माण गरी सेवा सञ्चालन गर्ने