मर्जमा जान सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, को हो पार्टनर ?

सानिमा जनरल इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १५ गते बिहान १० बजेको लागि विशेष साधारणसभा  आह्वान गरेको हो।  विशेष साधारणसभामा एक मात्र प्रस्ताव पेश हुने छ । सभामा 'कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याउन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी' प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गर्ने बाटो खुलाउन नै विशेष साधारणसभा आह्वान गरेको हो ।  बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि झन्डै डेढ दर्जन कम्पनीहरु मर्जर तथा प्राप्तिमा जाने सम्भावना बढेको छ। तोकिएको पूंजी पुर्याउनलाई हकप्रदलाई अन्तिम विकल्पको रुपमा अगाडी सारीएपछि धेरै कम्पनीहरुले मर्जरको बाटो रोज्न बाध्य भएका हुन्।सानिमा जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता हुन सक्ने बजार चर्चा छ । सरकारी र बिदेशी स्वामित्वका बाहेकका बीमा कम्पनीले बीमा समितिमा पूंजी वृद्धि योजना पेश गरिसकेका छन्। जसमा अधिकांश कम्पनीहरुले तोकिएको चुक्तापुंजी पुर्याउनका लागि बोनस, हकप्रद र मर्जर तथा प्राप्तिको विकल्प अगाडी सारेका छन्।बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुंजी पुर्याउनु पर्ने ब्यबस्था गरेको छ।

सम्बन्धित सामग्री

नेप्सेमा सुचिकृत २२ कम्पनीको साधारणसभा आज हुदै (सूचीसहित)

पुस महिनाको अन्तिम दिन आज ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २२ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन् ।आज खानी खोला हाइड्रो, छ्याङदी हाइड्रो, कालिका पावर, सेन्चुरी कर्मर्शियल बैंक, मैलुङ खोला हाइड्रो, मल्टीपर्पस फाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, सिभिल बैंक, जनउत्थान सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, हिमालयन बैंक, सानिमा जनरल इन्स्योरेन्स, नबिल बैंक, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, आरएमडिसी लघुवित्त, कालिका लघुवित्त , आँधीखोला लघुवित्त, सिद्धार्थ बैंक, र सेन्ट्रल फाइनान्सले सभा गर्न लागेका हुन् ।कतिपय कम्पनीले आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । यस अघि हिजो पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा कम्पनीले साधारणसभा गरेका थिए । हिजो चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा गरेका थिए ।  नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक र नेप्से आफैले पनि हिजो साधारणसभा गरेको थियो ।

आज १० कम्पनीले साधारणसभा गर्दै (सूचीसहित)

आज पुस २८ गते बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १० वटा कम्पनीले साधारणसभा गर्दै छन् । आज मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, पन्चकन्या माई हाइड्रो, तेह्रथुम पावर, बोटलर्स नेपाल तराइ, न्यादी हाइड्रो, पाँचथर पावर र बोटलर्स नेपाल बालाजुले साधारणसभा गर्न लागेका हुन् ।यी मध्ये ४ वटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, र उन्नति सहकार्य लघुवित्तले मात्र लाभांश प्रस्ताव गरेका छन् ।मितेरी डेभलपमेन्ट बैंकले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कतिपय कम्पनीले भने आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नको लागि सूचना सार्वजनिक गर्न थालेका छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । हालसम्म मैलुङ खोला हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, सिभिल बैंक, र सिद्धार्थ बैंकले भर्चुअल रुपमा साधारणसभा गर्ने सूचना प्रकाशन गरेका छन्  । सरकारले २५ जना भन्दा बढी उपस्थित हुन प्रतिबन्ध लगाएपछि साधारणसभा गर्न बाँकि सबै कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गर्ने अनुमान गरिएको छ  । गत वर्ष पनि कोभिडको संक्रमण बढ्दै गएको समयमा कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गरेका थिए  । भर्चुअल रुपमा साधारणसभा गर्दा कम्पनीहरुको खर्च समेत घट्ने छ  । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  ।