काठमाडौं । माओवादी केन्द्रका नेताहरू निर्वाचन आयोग पुगेर स्थानीय तहका जनप्रतिनिधिहरूले दल त्याग गरेको सूचना प्रकाशित गर्न ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्मालगायत नेताहरू आयोग पुगेका थिए ।
“हामीले स्थानीय तहका माओवादी केन्द्रबाट जितेर पार्टी विरोधी गतिविधि गरेका, दल बदलेकाहरूलाई कारबाहीको...