छाङरूमा सशस्त्रको भवन ९ महीनामा भुइँतला मात्र

दार्चुला । २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्याँसको छाङरूमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरे । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्याँसमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो । बोर्डर आउट पोष्ट राखिएको तीन महीनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङरूमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय गर्‍यो । सोही निर्णयअनुसार सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङरूमा स्थानान्तरण गरियो भने खलंगामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो । छाङरूमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाहै्रैमास राख्ने निर्णय ग¥यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । निर्माण व्यवसायी सुरेश चन्दले दुई महीनाभित्र भुइँतलाका २० कोठा र एक वर्षभित्र सुविधासम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर निर्माण शुरू गरिएको ९ महीनासम्म व्याँसमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ । ‘अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘त्यो पनि चारैतिरबाट बनेको छैन । कुल १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।’ व्याँसमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ । त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बीओपी निर्माणको काम अहिलेसम्म शुरू हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरू भएको छैन । व्यास गाउँपालिका–१ को तिंकर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिंकरमा पनि सशस्त्र राख्न लागेको, तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।      तिंकरमा ६ महीनाभित्रै प्रिफ्याबको एंगलसहितको भवन निर्माण गर्ने सम्झौता भएको । तर यो आर्थिक वर्षमा भवन बन्ने सम्भावना छैन । सरकारले तिंकरमा बोर्डर आउट पोष्ट बनाउन १ करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन । ‘एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो, एक सुरक्षाकर्मीले भने, ‘अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।’ रासस  

सम्बन्धित सामग्री

विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण

सिमकोट – सिमकोट गाउँपालिका– ७ को चौगानफयाको कर्णाली माध्यमिक विद्यालयमा पहिलो पटक भूकम्पप्रतिरोधी भवन निर्माण भएको छ। विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भएपछि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो। प्रधानाध्यापक रामराज शाहीका अनुसार नयाँ र भूकम्पप्रतिरोधी भवन निर्माण भई सञ्चालनमा आएको हो। नयाँ पाँच कोठे भवन निर्माण […]

दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं– भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो । निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् । उक्त नवनिर्मित भवन विभिन्न […]

विद्यालयका भवन जीर्ण

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् । विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । ‘भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको […]

बेनी नगरपालिकाको सबै वडाको आफ्नै भवन

म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ। चारवटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।...

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी, ९ फागुन: जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ । हालसम्म प्रशासकीय भवन नहुँदा भाडामा भवन लिएर सञ्चालन गरिएको थियो । भवन निर्माणसँगै त्यहीबाटै सेवासमेत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए । गाउँपालिकाकै रु दुई करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५-०७६ […]

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी : शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ।  प्रशासकीय भवन नहुँदा हालसम्म भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिएको थियो।अहिले नवनिर्मित भवनबाट सेवा सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्। गाउँपालिकाको दुई करोड रूपैयाँमा भवन निर्माण गरिएको हो।    आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।२०७६ सालमा ठेक्कामार्फत भवन निर्माण सुरु गरे पनि कोरोना संक्रमणको कारणले केही ढिलाइ भएको हो। नवनिर्मित

राष्ट्रिय भवन संहिताको पूर्णपालना गरेर भवन निर्माण गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्णपालना गर्नुको विकल्प...

भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले भूकम्प लगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । २४ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर आईतबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्ण पालना गराउनुपर्नेमा

रघुगङ्गाको भवन निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले […]

जहदाले नयाँ भवन बनाउने

मोरङको जहदा गाउँपालिले नयाँ प्रशासनक भवन निर्माण गर्ने भएको छ। साढे १० करोड रुपैयाँ लागतमा नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको जहदा गाउँपालिकाले जनाएको छ।...