काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएकाे छ । आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्यधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्ने बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमा...