कुबेत सरकारको सहयोगमा बक्राहा नदी नियन्त्रण एवं सिंचाईको ब्यवस्था भएपछि मोरङको उर्लाबारी –८ र ९ का कृषिमा आश्रित किसान खुसी भएका छन् ।
बक्राहा–खैदुगसरा (खैरेनी,दुर्गापुरी,गगँटे,सखुवानी र रातेहोली ) सिंचाई जल उपभोक्ता संस्था उर्लाबारी–८ लाई सिंचाई ब्यवस्थापनका लागि ४ करोड ७६ लाख रुपियाँ कुवेत सरकारले सहयोग गरेपछि उर्लाबारी ८ र ९ को ११ सय हेक्टर जमीन बाह्रै महिना सिंचित हुने भएको हो । गत पुस १३ गते आयोजनाको शिलान्यास भएको थियो । १५ महिनामा निर्माण सम्पन्न हुने आयोजना पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी गु्रप सर्लाहीले पाँच महिनामा सम्पन्न गरी उपभोक्ता लाई हस्तान्तरण गरेको छ ।