काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनयन गरेका छन्। मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई संयोजक तोकेको थियो। बुधबार सभापति देउवाउले उक्त समितिमा ५५ जना नेताहरुलाई मनोनयन गरेका हुन्। समितिले स्थानीय तहको चुनावका लागि गठबन्धनको मोडालिटि तयार पार्ने, उम्मेद्वारहरुको टुंगो लगाउन सहजिकरण गर्नेलगायतको जिम्मेवारी पाएको छ। […]