संसदीय समितिमा सांसदको हेरफेर : रामकुमारी झाँक्री अर्थ समितिमा

प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिमा सांसदहरुको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् । रामकुमारी झाँक्री अर्थ समितिमा, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, बिरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।  यसअघि पूर्व मन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो । सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।

सम्बन्धित सामग्री

सुराकीलाई खर्च दिनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं – पूर्वमन्त्री एवं नेकपा समाजवादीकी सचिव रामकुमारी झाँक्री आफूलाई लागेको कुरा बोल्न डराउँदिनन् । केही साता पहिले गैरआवासीय नेपालीको खरो आलोचना गरेर चर्चामा आएकी झाँक्री विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा त्यस्तै खरो रुपमा प्रस्तुत भइन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकी खर्च कटौती गर्दा पत्रकारहरुले सम्पादकीय नै लेखेर लोकप्रिय कुराको पछि लागेको भन्दै झाँक्रीले आलोचनासमेत […]

रामकुमारी झाँक्री एमालेमा फर्किने अन्तिम तयारीमा, माधव नेपालसँग बोलचाल नै बन्द

काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन् । झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन् । आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ । अध्यक्ष नेपालले […]

डा. आरजु देउवालाई नखाएको विष लागेको छ : रामकुमारी झाँक्री

काठमाडौं, २ जेठ । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति पाउने सवालै नरहेको बताएकी छन् । ‘यो बहुआयामिक काण्ड हो । यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन् । नक्कली भुटानी शरणार्थी बनेर जान चाहने, बनाउन चाहने र बनाएर पठाउने चेनमा संलग्न सबैलाई प्रमाणका आधारमा कारबाही […]

रामकुमारी झाँक्री : विद्रोहको औचित्य पुष्टि गर्न मतदाताको शरणमा

विद्यार्थी राजनीतिको बेला रामकुमारी झाँक्री राष्ट्रिय चर्चामा रहिन्, त्यो पनि पटक–पटक । २०६२–६३ को जनआन्दोलनको अग्रमोर्चामा खटिंदा प्रहरी दमनमा रगताम्य भएका उनका तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छन् । नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठनको बेला लिएको अडानले पनि रामकुमारी झाँक्रीलाई चर्चामा ल्यायो । तिनै झाँक्री अहिले प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–२ बाट उठेकी […]

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छिन् ।

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो।

पार्टी फुटपछि नेतृ रामकुमारी झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा आफ्नै छुटै दल नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) दर्ता गरि फर्किदै  गर्दा सञ्चारकर्मीहरूसंग कुरा गर्दै नेतृ रामकुमारी झाँक्री । तस्बिर , रासस

रामकुमारी झाँक्री पाँच घण्टापछि रिहा

काठमाडौं । राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेकपा (प्रचण्ड–नेपाल) समूहकी नेत्री रामकुमारी झाँक्री रिहा हुनुभएको छ । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई हिरासतमा लिएको पाँच घण्टापछि प्रहरीले रिहा गरेको हो । प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उहाँका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो। गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । रिहाई भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले सरकारले पूर्वाग्रहका कारण आफूलाई गिरफ्तार गरेको भन्दै अब प्रतिगमनको दिनगन्ती सुरु भएको बताउनुभयो ।

रिहा भइन् रामकुमारी झाँक्री

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्।

रामकुमारी झाँक्री पक्राउ (अपडेट)

काठमाडौं । नेकपा दाहाल– नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गरेकाे छ । महानगरीय अपराध महाशाखाका डीएसपी सुधिर शाहीले नेतृ झाँक्रीलाई बिहीबार पक्राउ पूर्जी थमाएका हुन् । झाँक्रीका समर्थकले भने अहिले निवासबाहिर नाराबाजी गरिरहेका छन् । झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने भएपछि सामाजिक सञ्जालमा झाँक्रीको समर्थनमा टिप्पणी सुरु भएको छ । अब देश मुडभेडमा : जनार्दन […] The post रामकुमारी झाँक्री पक्राउ (अपडेट) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.