सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् । संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पती भएकोले संसदमा नै छलफल गरेर निर्णयमा पुग्ने बत