अफगान विमानस्थलमा देखिएको कारुणिक दृश्य (भिडियोसहित)

न्युज अफ नेपाल, काठमाडौँ । तालिवान विद्रोही समूहले सत्ता कब्जा गरेसँगै अफगानिस्तान विमानस्थलमा देश छाड्ने मानिसको घुँइचो लागेको छ । आइतबार अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेसँगै काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेको तालिवानले विजय हाँसिल गरेको घोषणा गरेको छ । तालिवानको कब्जामा परेसँगै अफगानिस्तान छाड्न चाहने नागरिककाे हुलले विमानस्थलनै अस्तव्यस्त बनेको छ । त्यस्तै, अमेरिकासहित […]

सम्बन्धित सामग्री

कागजात नपुगेको भन्दै अफगान अधिकारीद्वारा ३२ नेपालीलाई काबुल विमानस्थलमै रोक

काठमाडौँ । अफगान अधिकारीले कागजात नपुगेको भन्दै स्वदेश फर्कन लागेका ३२ जना नेपालीलाई काबुल विमानस्थलमा रोकेका छन् । स्वदेश फर्कने भन्दै ३४ नेपाली काबुल एयरपोर्टमा पुगेका थिए तर २ जनालाई मात्र फर्कने अनुमति दिइएको हो । ती दुई जना नेपाली काठमाडौँ आइपुगेका छन् भने बाँकी रहेका ३२ जना नेपाली काबुलमै रोकिएका छन् । काबुलस्थित हमिद […]

अफगानिस्तान छोड्न काबुल विमानस्थलमा विवाह, मानव तस्करीको आशंका

अफगानिस्तानमा तालिबानको कब्जापछि अफगान महिला र युवतीको हकबारे यतिखेर विश्व चिन्तित छ। तालिबानको यसअघिको शासनकाललाई हेरेर अफगान महिलाहरुको स्थिति भयावह हुँदैछ भन्ने आँकलन गरिएको छ।तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानबाट आफ्ना छोरीहरूलाई निकाल्न उनीहरुका आमा-बुबाले काबुल एयरपोर्टबाहिर विवाह गरिदिएको घटना बाहिरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै उक्त घटनाबारे बताएको हो। आफ्ना छोरीहरू तालिबानको हातमा नपरून् भनेर उनीहरुले विवाह गरिदिएका बताइ

यी अफगान महिला प्रहरी : जसलाई विमानस्थलमा तालिबानले ढुंगाले हाने

काबुल । आफूलाई तालिबानले निर्घात कुटेपछि अफगानिस्तानकी एक महिला प्रहरी अधिकारी केही दिनदेखि ज्यान जोगाउन देशभित्रै भौँतारिइरहेकी छन् । महिलाविरुद्ध तालिबान सत्ता कठोर बनेका खबर सार्वजनिक भइरहेका बेला महिला प्रहरी अधिकारी गुलाफरज इबतेकरलाई ज्यान जोगाउनै हम्मे भएको हो । ३४ वर्षीय गुुलाफरज इबतेकर अफगानिस्तानको अपराध शाखाकी उपप्रमुख थिइन् । उनी अफगान महिलाका लागि रोलमोडल नै […] The post यी अफगान महिला प्रहरी : जसलाई विमानस्थलमा तालिबानले ढुंगाले हाने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अफगान नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि […]

काबुल विमानस्थलमा आक्रमण गर्नेहरू को हुन्?

द गार्डियनका अनुसार आइएसआइएसकेले बिहीबार साँझको आत्मघाती हमला गर्न अब्दुल रहमान अल-लोगारी गएको जनाएको छ। अब्दुलको नामबाट उनी अफगान नै हुन् भन्ने बुझिन्छ।

हमलाको चेतावनीपछि पनि काबुल विमानस्थलमा भारी भीड : देशबाट बाहिरिन मर्नसमेत तयार

अफगानिस्तानमा काबुल विमानस्थलबाहिर हमलाको खतरा भएको भन्दै चेतावनी जारी गरिएको छ तर यसले विमानस्थलबाहिर जम्मा हुने भीडमाथि कुनै असर देखिएको छैन । एकातिर जहाँ काबुल विमानस्थलमा तैनाथ पश्चिमी देशका सैनिक त्यहाँ भीड नियन्त्रित गर्ने कोसिस गरिरहेका छन् भने अर्कोतर्फ तालिबान लडाकू विमानस्थल बाहिर सुरक्षाको निगरानी गरिरहेका छन् जहाँ हज्जारौंको संख्यामा मानिसहरु अहिले पनि उपस्थित छन् । यद्यपि, तालिबानले अफगान नागरिकलाई हवाई अड्डामा जान नदिने बताएको थियो । विमानस्थलमा काम गरिरहेका एक अफगान

काबुल विमानस्थलमा गोली हानाहान, १ अफगान सैनिकको मृत्यु

काबुल विमानस्थलमा सोमवार अपरिचित बन्दूकधारीहरूले पश्चिमी सुरक्षाफौज तथा अफगान गार्डहरूमाथि गोली चलाउँदा दुवैतिरबाट गोली हानाहान भएको छ ।  घटनामा परी एकजना अफगान गार्डको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । घटनामा अमेरिकी र जर्मन फौजहरू पनि संलग्न रहेको जर्मन सेनाले ट्विटरमा जानकारी दिएको छ ।  तालिबानले गत साताको आइतवार काबुल नियन्त्रणमा लिएपछि विमानस्थलमा अव्यवस्था कायम छ । विदेशी सैनिकहरूले आफ्ना तथा अफगान नागरिकलाई सुरक्षित बाहिर निकाल्नका लागि प्रयास गरिरहेका छन् ।

विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली काबुल विमानस्थलमा

अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४/१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् । काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपालीका अनुसार उनीसहित करिब १४/१५ सय नेपाली आइतबार रातिदेखि नै विमानस्थलमा एकै ठाउँमा जम्म...

अफगान विशेष दलद्वारा तालिबानसमक्ष आत्मसमर्पण, तीन दिनदेखि घेरेका थिए

अफगानिस्तानको कंधार विमानस्थलमा डेरा जमाएर बसेका अफगान सेनाको एक विशेष दलका हज्जारौं सैनिकले तालिबान समक्ष आत्मसमर्पण गरेको छ । तालिबानले सोमबार एक बयान जारी गरेर यसबारे जानकारी दिएको हो । तालिबानी लडाकूले पछिल्लो तीन दिनदेखि यो दललाई घेरेका थिए । काबुलको दक्षिणस्थित कंधार शहरमा बगराम एयरबेस पनि छ जुन अमेरिकी नेतृत्व भएको गठबन्धन दलको अभियान केन्द्र रहँदै आएको छ ।

अमेरिकी विदेश मन्त्रीले भने–अफगान मिसन सफल भयो

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकनले अमेरिकाको अफगान मिसन सफल भएको प्रतिक्रिया दिएका छन् । तालिवानी लडाकुले अमेरिकी सेनाले अफगान छाडेकाे केही समयमै काबुलमा कब्जा जमाएकाे बेला उनले यस्तो बताएका हुन् । उनले अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सारिएको पनि बताएका छन् । उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गरिएको भन्दै आपत्ति समेत जनाएका छन् । राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई भितनामी युद्धसँग तुलना गरिरहेका बेला उनले यस्तो...