मोरङ उर्लाबारीलाई आधारक्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न सुसन लिम्बू पक्राउ परेका छन्।
अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार अभियुक्त लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं : ज्यान मार्ने उद्योगमा फरार एक जना १६ वर्षपछि पक्राउ परेका छन्।२०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी प्रहरीले आइतबार डिल्लीबजार कारागार चलान गरेको हो।साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जि
कुटपिट र लुटपाट मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भएका भोरिका यादव छन् । उनलाई मुद्दा फैसला भएको २५ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता (डिएसपी) प्रेम बहादुर शाहीले रातोपाटीलाई बताए ।जिल्ला अदालत नवलपरासीले २०५३ साउन २७ मा भोरिकलाई १ महिना ६ दिन कैद र ४५० रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोमबार पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको डि
काठमाडौँ । लागु औषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले रातोपाटीलाई बताए ।नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले बताए ।
जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका
जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हँुदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असूल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तमध्ये ४ जनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका–४ का लोकबहादु...
कर्तव्य ज्यान मुद्दामा अदालतबाट ६ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ६ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई आज काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तल