बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउपछि जेल चलान

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई आज काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तल

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

माघ १९, विराटनगर । बैंक ठगी कसुरमा १५ लाख जरिवानासहित १० महीना सात दिन कैद सजाय पाएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सीताराम  लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १८ गते (बुधवार) पक्राउ गरको हो ।  अभियक्त लुइँटेललाई बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महीना सात दिन कैद र रू. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार भएका थिए । प्रहरीले मंगलवार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।