सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–३ सिमरा बस्दै आएका कोपीराज सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए । काठमाडौँको विशेष अदालत बबरमहलले ०७४ साल माघ २ गते सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दामा ३ महिना कैद सजाय तोकेको थियो । जिल्ला अदालत बर्दियाको आदेशले उनलाई कारागार चलान गरिएको छ ।