काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले दुई/तीन महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।
आज आइतवार आयाेजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई दुई/तीन महिनामा नै सुधार गर्ने बताएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आएका थिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतवार कीर्ति...