काठमाण्डाै – नेपाल वायुसेवा निगमले काठमाण्डौबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाण्डौबाट उडेको थियो ।
नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरबको रियादमा निगमले अहिलेलाई हप्तामा दुई वटा उडान सञ्चालन गर्ने भएको छ । निकै लामो समयदेखि रियाद उडानको प्रयास गरे पनि निगमले बल्ल उडान थालेको हो । निगमको उडानसँगै साउदी अरब आउजाउ गर्ने नेपाली श्रमिकलाई सहज हुने भएको छ ।
निगमले भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, सं...