द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली र क्षतिपूर्ति

नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ ।

सम्बन्धित सामग्री

विस्थापित शिक्षकको पुनर्नियुक्ति

दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो । पुनःनियुक्ति पाएका शिक्षकमध्ये भरतकुमारी शर्मा संविधान सभाको सदस्य हुनुहुन्छ । त्यस्तै कर्णबहादुर बस्नेत, गणेश सलामीलगायत राजनीतिक दलको केन्द्रीय सदस्यसमेत भइसक्नुभएको छ ।

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली

काठमाण्डाै - नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को हिजाेको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये २३३ शिक्षकको पुनर्बहाली हुने भएको छ भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले गएकाे २०७३ मङ्सिर २६ गते ...

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली र क्षतिपूर्ति

नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ ।