थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले मंगलबारबाट काठमाडौंको माइतीघरमा धर्ना तथा प्रदर्शन सुरु गरेको छ । कैलालीको टिकापुरमा भएको थरुहट थरुवान विद्रोहको ६ वर्ष पुग्न हुन लाग्दा समेत घटनामा मुछिएका थारुहरुले न्याय नपाएको भन्दै मोर्चाले आन्दोलन सुरु गरेको हो ।मोर्चाले जेलमा रहेकाहरुको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको माग राख्दै धर्ना सुरु गरेको हो ।२०७२ भदौं ७ गते भएको टिकापुर घटनामा संलग्न रेशम चौधरीलगायतका थारु नेताहरुमाथि सरकारले मुद्दा लगाएर थुनामा राखेको छ । सोही घट्नापछि कतिपय थारुहरु