नेकपा एमालेका सांसदहरुले एमसीसी के हुन्छ भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरेका छन् । त्यस्तै उनीहरुले सभामुखको भूमिका समेत शंकास्पद रहेको भन्दै पार्टीले स्पस्ट धारणा बनाउनुपर्ने बताएका छन् ।बुधबार संसदीय दलको बैठकमा सांसदहरु पदम गिरी, निरुदेवी पाल, नवराज सिलवाल लगायत २५ सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै सभामुख राजनीतिक दल भन्दामाथि उठ्न नसकेको अवस्थामा पार्टीको धारणा केहो भनेर सुझाव मागेका थिए ।