पुरातात्विक महत्वका ४८५ सम्पदा पुनःनिर्माण

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनःनिर्माण गरेको छ ।

सम्बन्धित सामग्री

अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर

ललितपुर । पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण शुरुआत गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ ।  ललितपुर महानगरपालिकाको वडा नं ६ मा पर्ने सुन्धारा क्षेत्रलाई नेवार समुदायको भाषामा नुगः भनेर चिनिन्छ । यस क्षेत्र आसपमा सयौं वर्षपहिले अस्तित्वमा रहेर भत्किएका सम्पदाको अवशेष अहिले पनि छन् ।  नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले पुनःनिर्माण शुरु भएको नरनारायण मन्दिरलाई अवशेषका आधारमा निर्माण गर्न थालेको जानकारी दिए । उनले भने, ‘सुन्धारा क्षेत्रमा छ पुरात्वातिक सम्पदाका अवशेष बाँकी छन्, । यी सम्भवतः विसं १९९० को भूकम्पले भत्काएको हुनुपर्छ । ती अवशेषलाई पुनःनिर्माण गर्न सरकारले चासो नदेखाउँदा सम्पदाको जग्गा अतिक्रमण गरेर घर बन्दैछन् ।’ मन्दिरको अवशेष अध्ययन गरी नक्सापास गर्दा मन्दिरको गहिराइ आठ फिट रहेको हुँदा मन्दिरको उचाइ ३२ फिट अग्लो हुनेछ । मन्दिर पुनःनिर्माण गर्नका लागि पुरातत्व विभागमा गएर आफूले प्राविधिक सहयोग मागेको तर पुरातत्व विभागले सहयोग नगरेको नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले दुःखेसो पोखे ।  मन्दिर पुनःनिर्माण गर्नलाई नक्सा तयार गर्न मात्र करिब ११ महिना लागेको उनको भनाइ छ । विसं २०७४ को स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित श्रेष्ठ अवशेष मात्र बाँकी रहेका पुरात्वातिक सम्पदालाई पुनःनिर्माण गर्न र जगेर्ना गर्न रुचि भएकाले ललितपुर महानगरको आर्थिक सहयोगमा पुनःनिर्माणमा जुटेको बताए ।  पुनःनिर्माण शुरु भएको पुरातात्विक सम्पदा नरनारायण मन्दिरको छेउमा प्वास्याः फल्चा (पाटी) घर भूकम्प गएको आठ वर्षपछि पुनःनिर्माणको अन्तिम चरणमा छ । नेवार समुदायको परम्परागत घरको झल्को दिने गरी पनुःनिर्माण भएको प्वास्याः फल्चा (पाटी)लाई विसं २०७२ को भूकम्पले क्षति पुर्याएको थियो । नेवारी भाषामा प्वास्याः फल्चा (पाटी) घरमा विशेषगरी नेवारी समुदायको विभिन्न सार्वजनिक कार्यक्रम हुने गर्छ । प्वास्याः फल्चा (पाटी) घरलाई ज्येष्ठ नागरिक र बालबालिका भेला हुने थलोका रूपमा पनि लिने गरिन्छ । भूकम्पले क्षति पुर्याएको उक्त सम्पदा पुनःनिर्माण गर्न दुई वर्ष लाग्यो । अबको दुई महीनाभित्र निर्माण सम्पन्न हुनेछ ।  पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनःनिर्माणको चासो कसैले नदेखाएको ७० वर्षीय स्थानीय राधेश्याम प्रजापतिले गुनासो गरे ।  सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ । रासस

भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं। भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो।तीमध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरले जनाएको छ।भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको छ।रासस

छ वर्षमा पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण

गोरखा भूकम्पको छ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । यी सम्पदाको पुनःनिर्माण चालु …

गोरखा भूकम्पका ६ वर्ष : पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण

काठमाडौं । गोरखा भूकम्पको ६ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर ...

भक्तपुरमा सम्पदा पुनःनिर्माण सुस्त गतिमा :: Pahilopost.com

भक्तपुर: विसं २०७२ को भूकम्पले क्षति भएका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्त गतिमा भइरहेको छ।  पुरातत्व विभाग, नगरपालिका र सम्बन्धित निकायबीच समन्वय, बजेट, दक्षजनशक्ति र आवश्यक सामग्रीको अभावले पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्त हुन पुगेको हो।  भूकम्पले जिल्लामा १०६ वटा सम्पदा पूर्णरुपमा क्षति भएको थियो