खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए । जस अनुसार प्रदेश १
६ पुस, खोटाङ । केपिलासगढी गाउँपालिका-४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान सुरु गरिएको हो । बाक्सिला बजारमा मङ्गलबार सञ्चालन गरिएको घरदैलो अभियानबाट […]
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सप्तरीका आगलागी पीडित ११ घरपरिवारलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग गरेको छ । सप्तरीको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेगंरीका आगलागी पीडित ११ घरपरिवारलाई राहत सहयोग गरेको हो । २८ फागुनमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको थियो । राहत वितरण कार्यक्रममा वडा नम्बर […]