काठमाडौं : कहिले माटो थुपारिन्छ,कहिले केही कामदार आएर काम गरेजस्तो गरेको देखिन्छ। पुल बेसमा माटोको चुली छ। त्यही गाडी पार्किङ गरिएको छ।यो दृश्य जो कोही हिँड्डुल गर्नेहरुले अनामनगरको मदन भण्डारी मेमोरियल कलेज अगाडी धोबीखोलामा निर्माणाधीन पुलको देख्न सक्छन्। यो पुल बनेको ७ वर्ष भइसकेको छ। तर,न निर्माण सकिएको छ। न ठेकेदारले दैनिक काम नै गर्दै आएको छ। उक्त पुल निर्माणका लागि २०७२ साउन २१ मा सडक डिभिजन कार्यालय काठमाडौं र भण्डार थोडुङ–जि टेक जेभीबिच तीन करोड १० लाख रुपैयाँमा ठेक्का स