भान्सा महँगो नहोस्

सरकारले आलु, प्याजलगायत विदेशबाट आयात हुने फलफूलमा समेत भ्याट लगाउने निर्णय गरेपछि नेपालीको भान्सा महँगिएको छ । तरकारी एवं फलफूलमा आत्मनिर्भर भइसकेको बेला तरकारीजन्य वस्तुमा कर बढाउनु भनेको सर्वसाधारणका जीवनशैली थप महँगो बनाउनु नै हो । हुने खानेलाई त खासै समस्या नहोला ज्याला मजदुरीलगायन सामान्य जागिर खानेको जीवन अब थप कष्टकर हुने निश्चित छ । […] The post भान्सा महँगो नहोस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

तरकारीमा भ्याट लगाउने निर्णयको विरोध

बजेटमार्फत तरकारी र फलफूलमा भ्याट लगाउने सरकारको निर्णयको उपभोक्ता अधिकारवादीले विरोध जनाएका छन्। भ्याट लगाउने निर्णयले भान्सा महँगो भएको भन्दै सच्याउन माग गरेका हुन्।...

दशैंको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौं ।  दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले […]

दशैंको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौं । दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारलेखि लाग् हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले […]

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो।भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ। धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर

लक्ष्य उछिन्दै मूल्य वृद्धि दोब्बर, महँगो भयो भान्सा

३१ साउन, काठमाडौं । सरकारले कायम राख्ने गरी लिएको लक्ष्य उछिन्दै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा उच्च मूल्य वृद्धि भएको छ । यस आवमा सरकारले ६.५ प्रतिशतमा सीमित राख्ने बताएको थियो । तर, २०७९ असारमा एक वर्ष पहिलाको तुलनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत कायम भएको छ । यो २०७८ असारको वृद्धिदर भन्दा करिब […]

महँगीको मार

जब भान्सा नै महँगो हुन्छ भने त्यसबाट कोही पनि प्रभावित नभई रहन सक्दैन। भान्सामा प्रयोग गर्ने दैनिक खाद्यान्नदेखि तरकारी लगायत सबैको भाउ अकासिएको छ। यसले सबैलाई प्रभावित पारे पनि सबैभन्दा ज्यादा मारमा भने दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका मजदुर र त...

उपभोक्ताको भान्सा महँगो भएकोप्रति सरकार गम्भीर हुन आवश्यक

पछिल्लो समय अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगो भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने वक्ताको धारणा रहेको छ।

महँगो भयो भान्सा, दैनिकी कष्टकर बन्दै

फागुन २४, काठमाडौं । पछिल्लो समय महँगी चुलिएको छ । १ महीनाअघि प्रतिलिटर २३० रुपैयाँमा पाइने सूर्यमुखी तेलको भाउ अहिले २ सय ८०/ ९० रुपैयाँसम्म पुगेको छ । भटमासको तेल लिटरमै ३० रुपैयाँ बढेर २६० पुगेको छ । चामलको भाउ पनि बोरामा २०० सम्म बढेको छ । सिजनका केही तरकारी सस्तो भए पनि अरू तरकारी छोइसक्नु छैन ।  ‘३ जनाको परिवारका लागि मासिक एकमुष्ठ ९/१० हजारको सामान किन्दा महीना दुखजिलोले टथ्र्यो । तर, अहिले १२र१३ हजारले पनि छोप लाग्दैन,’ कीर्तिपुर ट्याङ्गला फाँटकी स्थानीय बासिन्दा सृजना दाहालले भनिन् ।  सिजनका केही तरकारीको भाउ ठीकै भए पनि अन्य तरकारी खाइ नसक्नु भएका छन् । तरकारी, आलु, प्याज, फलफूलको खर्चसमेत जोड्दा आफूलाई महीना टार्न साह्रै गाह्रो हुन थालेको दाहालको भनाइ छ । खाद्यवस्तु मात्रै नभएर डाइपरलगायत अखाद्य सामान पनि महँगो बनेपछि श्रीमान्को तलबमा आश्रित दाहाललाई अहिले भातभान्सा चलाउन सकस भएको छ ।  गेडागुडी, दाल, चामल, पिठोलगायत अधिकांश खाद्यवस्तुको भाउ १ महीनाको बीचमै १० देखि २५ प्रतिशतसम्म महँगो भएको बल्खुको होलसेल पसलमा मासिक सामान किन्न आएका चोभारका मदन ढोडारीले बताएका छन् । घरभान्सा श्रीमतीले हेर्ने भए पनि महीनाभरिलाई पुग्ने सामान किन्न भने उनी नै जान्छन् । ‘अघिल्लो महीनाको तुलनामा दाल, चामल, पिठो, चिउरा, तेल सबै खाद्यवस्तु महँगो भएछ,’ उनले भने ।  भान्सा चलाउन भान्साकै सामानमा मात्रै नभएर लत्ता कपडा, दैनिक पाकेट खर्च र घुमफिरलगायत अन्य मासिक खर्च कटौती गर्नुपर्ने अवस्थामा आफू पुगेको पाटनमा एउटा एनजीओमा काम गर्ने ढोडारीले बताए । पेट्रोलको भाउ बढेपछि मोटरसाइकल नै चढ्न नसक्ने भएको अवस्थामा दैनिक उपभोग्य सामानको पनि भाउ बढेपछि अहिले उनलाई काठमाडौंमा कोठाभाडा तिरेर २ सन्तान पढाउन हम्मेहम्मे परेको छ ।  इमाडोलकी लक्ष्मी शर्माको कथा पनि यस्तै छ । महँगी बढेपछि दुई जनाले दुःख गरेर कमाउँदा पनि ७ जनाको परिवार पाल्न शर्मा दम्पतीलाई समस्या भइरहेको छ । ‘बजारमा सबै सामानको भाउ बढेको छ, कोरोना भाइरसको महामारी शुरू भएदेखि नै भातभान्सा टार्न सकस हुन थालेको थियो, फागुन लागेपछि महँगी आकाशिएर छोइ नसक्नु भएको छ,’ शर्माले भनिन् । समग्रमा महँगी २५ प्रतिशतसम्म बढेको अनुभव शर्माको छ ।  कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय महँगी निरन्तर उकालो लागिरहेको थियो । फागुनको महीनाको शुरूमा दूधको भाउसमेत बढेको थियो । त्यसपछि दुग्धजन्य सबै पदार्थको भाउ बढेको छ ।  रूसले युक्रेनमा आक्रमण गर्नुअघि नै पेट्रोलियम पदार्थको भाउ बढेको आडमा व्यापारीहरूले सामानको भाउ मनलाग्दी बढाइरहँदा यसको असर आम नेपालीको भातभान्सामा पुगेको थियो ।  रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर सन् २००८ यताकै उच्चस्तरमा उक्लिएको छ । युद्धको प्रभावस्वरूप रूस र युक्रेन मुख्य उत्पादक रहेका खाद्यान्नको भाउ त बढेको छ नै आपूर्ति शृंखलामा आएको अवरोध र ढुवानी लागतमा भएको वृद्धिका कारण समग्रमा सबै खालको उपभोग्य वस्तुको भाउ वृद्धि भएको छ ।  युक्रेनी संकट मत्थर हुने कुनै संकेत नदेखिएको अहिलेको अवस्था विश्व बजारमा कच्चा तेल र गहुँ, भटमास, मकै, सूर्यमुखीका दानालगायत सामानको भाउ आगामी दिनहरूमा झनै बढ्ने देखिएको छ । यसको प्रभाव स्वरूप महँगी झनै बढेर सर्वसाधारणलाई भातभान्सा टार्न थप कठिन हुने देखिन्छ ।

भान्साको खर्च घटाउने विद्युतीय चुला

२ मंसिर, काठमाडौं । दिन प्रतिदिन पेट्रोलियम पदार्थ र ग्यासको बढ्दो मूल्यले नेपाली भान्सा महँगिएको छ । केही दिनअघि नेपाल आयल निगमले ग्यासको भाउ एकैपटक प्रतिसिलिण्डर ७५ रुपैयाँले बढायो । जसले नेपाली भान्सालाई झनै महँगो बनाएको छ । एकातिर आयातित ग्यासको भाउ बढ्दै गएको छ भने अर्कोतिर नेपालमै उत्पादित बिजुलीले बजार खोजिरहेको अवस्था छ । […]

उपभोक्ताको भान्सा झन्–झन् महँगो, भएन प्रभावकारी अनुगमन

काठमाण्डाै – ललितपुर सातदोबाटोकी मैयाँ श्रेष्ठ बिहान अलिकति भए पनि सस्तो होला भनेर तरकारी किन्न लगनखेल पुग्नु भयो । काउलीको भाउ सोध्दा उहाँको झण्डै पसिना छुट्यो ।  ‘तिहारमा १ सय ८० देखि २ सय रुपैयाँ किलो पुगेको काउली अहिले त झन २ सय २० पो भन्छन् । नकिनी फर्किएँ,’ उहाँले भन्नुभयो, ‘अरु तरकारी पनि कुनै सस्तो छैन । पहिले १ सय रुपैयाँ भएको सबै तरकारीको भाउ अहिले १ सय ५० रुपैयाँभन्दा कम छैन ।’  एक हातमा आलु र अर्को हातमा चिनीको पोको झुण्ड्याउँदै पसलबाट घर फर्कँदै गर्दा चा...