काठमाण्डाै – ललितपुर सातदोबाटोकी मैयाँ श्रेष्ठ बिहान अलिकति भए पनि सस्तो होला भनेर तरकारी किन्न लगनखेल पुग्नु भयो । काउलीको भाउ सोध्दा उहाँको झण्डै पसिना छुट्यो ।
‘तिहारमा १ सय ८० देखि २ सय रुपैयाँ किलो पुगेको काउली अहिले त झन २ सय २० पो भन्छन् । नकिनी फर्किएँ,’ उहाँले भन्नुभयो, ‘अरु तरकारी पनि कुनै सस्तो छैन । पहिले १ सय रुपैयाँ भएको सबै तरकारीको भाउ अहिले १ सय ५० रुपैयाँभन्दा कम छैन ।’
एक हातमा आलु र अर्को हातमा चिनीको पोको झुण्ड्याउँदै पसलबाट घर फर्कँदै गर्दा चा...