काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज बिहीवार दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेका कारण दशैँमा टीका थाप्न मान्यजनकोमा जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।
रातिदेखि काठमाण्डौ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलव ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।
‘काठमाण्डौ उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ’, मौसमविद् बासीले भन्नुभयो, ‘तीन–चार बजेतिर पानी केही कम भए पनि दिनभरि...