दोलखा । दोलखाको कालिन्चोकमा हिमपात भएको छ । ३ हजार ८४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ । उच्च पहाडी क्षेत्र भएकाले हिउँद याममा यहाँ हिउँ पर्ने भएकाले हिउँ खेल्न पनि पाइन्छ ।
ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको […]
मनाङ – हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । “विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ”, अध्यक्ष गुरुङले भने । उनका अनुसार तिलिचो ताल […]
सिमकोट – हुम्लामा फेरि हिमपात भएको छ। मंगलबार बिहानबाट फेरि हिमपात हुँदा चिसोले स्थानीयको जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातले गर्दा मानिसहरु घरभित्रै बसेका छन्। बिहान हुम्ला सदरमुकाम सिमिकोटको तापक्रम माइनस आठ डिग्रीमा झरेको थियो। चिसोले खानेपानीको धारामा बरफ जमेका कारण धारामा पानी आउन छोडेको छ। हुम्लामा यस वर्षको यो तेस्रो हिमपात हो। पहिलो हिमपात […]
७ माघ, काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो । त्यसैले […]
म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ। यस बर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। गए रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि...
चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात शुरु भएको छ। उच्च पहाडी भाग तथा हिमाली क्षेत्रमा बुधवार बिहानैबाट हिमपात शुरु भएको हो।
हिमाली जिल्ला हुम्लामा पनि पनि हिमपात शुरु भएको छ। हिमपात भएसँगै मानिसहरु हिउँ खेल्न निस्केका छन् भने जनजीवन भने कष्टकर भएको छ।
गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए ।माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ । व
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो बताए ।बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । ह