‘उपभोक्ता सचेत भए अखाद्य बस्तुको प्रयोगमा न्यूनीकरण’

जुम्ला । खाद्य पदार्थको छनोट, खरिद लगायका विषयमा उपभोक्ता सचेत हुन सके अखाद्य वस्तुको विक्री वितरण र ठगीसमेत नियन्त्रणमा आउने सरोकारवालाहरुले बताएका छन् । जुम्लामा आयोजित कार्यक्रममा नेपालमा खाद्य स्वच्छता र गुणस्तरका विषयमा उपभोक्तामा सचेतना नहुँदा समस्या देखिएकोमा जोड दिइएको छ । म्याद गुज्रेका, लेवल विवरण पूरा नभएका, जथाभावी रंग तथा रसायन प्रयोग गरेका र […]

सम्बन्धित सामग्री

मिठाईमा रङको प्रयोग सावधानीपूर्वक गर्न निर्देशन

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारका लागि बिक्री गरिने मिठाईलगायतका खाद्यवस्तुुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै विभागले जथाभाबी अखाद्य रङको प्रयोग गरेर खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराएको हो ।

चाडपर्वको बेला उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ: मुख्यसचिव डा अर्याल

उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए।

दशैंको मुखमा अखाद्य वस्तुको बिगबिगी

गलकोट (बागलुङ) । बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । उक्त झिनियाँको न उत्पादन मिति छ न त उपभोग्य मिति नै । यस्तै जिल्लामा उत्पादन भइरहेको धौलागिरि भुजाले उपभोग्य मिति नै केरमेट बनाएर बजारमा ल्याएको छ । भुजाको उत्पादन मिति र उपभोग्य मिति केरमेट गरेर नयाँ मिति कायम गरेको पाइएकाले उक्त भुजालाई गोदाममा फर्काउन निर्देशन दिइएको छ ।  झिनियाँ र भुजा मात्रै होइन, कुरकुरे, लेज, बियर, कोक, फ्यान्टा, सुजी लगायतका वस्तुमा उपभोग्य वस्तुको मिति गुज्रेको पाइएको छ । यस्ता वस्तुहरू उपभोगका लागि अखाद्य मानिन्छ । बागलुङ बजारमा दशैंको मुखमा अखाद्य वस्तुको बिगबिगी नै देखिएको छ । चाडपर्वका अवसरमा अस्वाभाविक मूल्यवृद्धि र अखाद्य वस्तुको विक्री वितरण भइरहेको गुनासोपछि बजार अनुगमनलाई तीव्र गति दिने क्रममा अखाद्य वस्तु अत्यधिक पाइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।   ‘व्यापारीले ज्ञान नभएर हो वा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर हो, आफ्नो पसलमा विक्रीका लागि राखिएको सामग्रीको उपभोग्य मिति हेर्न आवश्यक छ, कतिपय खुद्रा व्यापारीहरूले मिति सकिएको सामग्री खरीद गरेर ल्याएको समेत पाइयो,’ बरालले भने, ‘बागलुङका अधिकांश किराना पसलमा मिति गुज्रेका सामग्री पाइयो, जुन अखाद्य पदार्थ हो, स्वास्थ्यका लागि व्यापारीहरूले खेलबाड गरिरहेका छन् ।’ पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्तरूपमा बजार अनुगमन गर्दा अखाद्य पदार्थ पाइएको हो । बागलुङको पुरानो बजारमा बढी म्याद गुज्रेका खाद्य सामग्री पाइएको छ । अनुगमनलाई राष्ट्रिय उपभोक्ता मञ्च र जिल्लाका पत्रकारहरूले साथ दिइरहेका छन् । बागलुङ बजारको भलायटोल, देउरालीचोक, कम्पुटोल, पेन्सन क्यामरोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिसकेको छ ।  अनुगमनका क्रममा धौलागिरि भुजामा मिति सच्याएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोठमा मिति गुज्रेको पाइएको छ । यस्तै अनुगमनका क्रममा लेज, सुजी, बिस्कुट, चाउचाउ, मह, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएकाले नष्ट गरिएको छ ।  अनुगमनका क्रममा मिति गुज्रेका सामग्रीसमेत मिति कायम भएका सामग्रीसँगै राखेर विक्री गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्साकुमार महतोले जानकारी दिए । उनका अनुसार चाडबाडको मुखमा व्यापारीलाई कारबाही नभएर सचेत गराउँदै हिँडेको र अखाद्य वस्तु नष्ट गरिएको छ ।  दशैंको मुखमा मासु तथा फलफूलको व्यापार बढी हुने भएकाले मासु र फलफूलको अनुमगनसमेत गर्न थालिएको नगर उपप्रमुख राजु खड्काले बताए । बागलुङ बजारलाई चुस्तदुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बागलुङका थोक व्यवसायी र सरोकारवालाहरूलाई सँगै राखेर छलफलसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ । चाडपर्व नजिकिँदै गएको अवस्था र बजारलाई चुस्तदुरुस्त, सुरक्षित तथा मर्यादित बनाउनका लागि नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एसोसिएसन बीचको छलफलले उपभोग्य मिति कम रहेका सामग्री बागलुङमा नल्याउने र विक्री नगर्ने, डिलर तथा थोक व्यवसायीहरूले बजारमा म्याद सकिएका खाद्य सामग्री भए÷नभएको नियमित हेरेर त्यस्ता सामान समय–समयमा उठाउने व्यवस्था गर्ने, बिना बिल कुनै पनि सामान खरीद विक्री नगर्ने र डिलर तथा थोक व्यवसायीले आफूले सामान दिने खुद्रा विक्रेताहरूको सूची तयार गरी राख्ने गरी काम भइरहेको उपप्रमुख खड्काले बताए । रासस

कालोबजारी नियन्त्रण गर्न उपभोक्ता आफैं सचेत हुनुपर्नेमा विज्ञहरुको जोड

२६ असोज, काठमाडौं ।  दैनिक उपभोग्य बजारमा हुने कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैं सचेत हुनुपर्ने विज्ञ एवम् सरोकारवालाले जोड दिएका छन् । उपभोक्ता जागरण अभियानको प्रथम साधारण सभाका वक्ताहरुले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु […]

ठगीबाट बच्न उपभोक्ता नै सचेत हुनुपर्छ

कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । उपभोक्ता जागरण अभियानको प्रथम साधारणसभाका सहभागी वक्ताले विशेष गरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगोमा वस्तु तथा सेवा बिक्री गर्न तल्लीन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता …

अखाद्य वस्तु मिसाउने ९ उद्योगविरुद्ध अदालत र प्रशासनमा मुद्दा दर्ता

रुपन्देही ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले खाद्यवस्तुमा अखाद्यवस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ९ उद्योगविरुद्ध अदालत र जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको छ । न्युन गुणस्तरको उत्पादन गरेको र खाद्य ऐनअनुसारको मापदण्ड पलना नगरेको अभियोग यी सबै उद्योगका संचालकविरुद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर भएको हो । पटक–पटक सचेत गराउँदा पनि मिसावटको मात्र […]

चुनाव प्रचारको क्रममा सगुन भन्दै ‘विष’ दिइयो, सचेत रहनु - प्रहरी

काठमाण्डाै – चुनावको समयमा प्रसाद वा सगुन भन्दै शरीरलाई हानी पुर्‍याउने खानेकुरा खुवाउने गरेको पाइएको भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज आइतवार सार्वजनिक सूचना निकालेर राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा नचिनेका मानिसले सगुन वा प्रसाद भन्दै खुवाएका अखाद्य बस्तुले बेहोस हुने र चक्कर लाग्ने लगायतका घटना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । यस्ता प्रकारका घटनाबाट सुरक्षित रहनका साथै कतै यस्तो घटना भएमा तत्काल ...

बैतडीमा बजार अनुगमन : ४ लाखको सामग्री जफत, ४ जनालाई जरिवाना

बैतडी । बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । म्याद नाघेका अखाद्य सामग्री विक्रिवितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको हो । यसका साथै उपभोक्ता अधिकारका बिषयमा व्यापारी र नागरिकहरुलाई सचेत गराउन समेत बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । अहिलेसम्म जिल्ला …

स्वस्थ दूधजन्य वस्तु बजारमा पठाउन निर्देशन

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले स्वच्छ र स्वस्थ दूध तथा दूधजन्य वस्तु बजारमा पठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले स्वच्छ तथा स्वस्थ दूध तथा दूधजन्य वस्तु बजारमा पठाउन पशुपंक्षी विकास मन्त्रालयलाई सचेत गराएको हो । दूध तथा दूधजन्य वस्तुमा अखाद्य वस्तु मिसावट भएको पाइएपछि समितिले त्यसमा शुद्धता कायम गर्न सरकारलाई…