सधैं सूर्यमुखीको तेलमात्र खानुहुन्छ? आलोपालो गर्नुहोस, नभए रोगको भूमरीमा पर्नुहोला :: Pahilopost.com

वसन्तराज उप्रेती- काठमाडौं: तपार्इले खानेकुरामा प्रयोग गर्नुभएको तेल कस्तो छ? अखाद्य तेलका कारण धेरै रोगको भूमरीमा पर्ने सम्भावना रहन्छ।त्यसैले तेल प्रयोग गर्नुअघि सचेत हुन आवश्यक छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार राम्रोसँग प्रशोधन गरिएको तेल प्रयोग गर्नुपर्छ। भटमास,तोरी,मकै र सूर्यमुखी तेल आलोपालो गर्नु स्वास्थ्यका

सम्बन्धित सामग्री

काभ्रेका मुख्य सडकमार्गमा आज रातिदेखि निषेधाज्ञा जारी

वैशाख १९, बनेपा । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको संक्रमण रोकथाम र न्यूनीकरणका लागि आज (आइतवार) राति १२:०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ ।  जिल्ला कमान्ड पोष्टका संयोजकसमेत रहेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यही वैशाख २६ गते राति १२:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने बताए । जिल्लामा शनिवार मात्रै ९८ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सो संख्यासहित हालसम्ममा जिल्लामा सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ ।  निषेधाज्ञाको समयमा काभ्रेपलाञ्चोकको भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मिटरको क्षेत्र बन्द रहने भएको छ ।  त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मंगलटारसम्म सडकको दायाँबायाँ २०० मिटर, बनेपा तीन दोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँबायाँ ५०० मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको ५०० मिटर दायाँबायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जेरोकिलोदेखि कुन्ताबँेशीसम्मको सडक दायाँबायाँ क्षेत्रको २०० मिटर क्षेत्रमा निषेधाज्ञा गरिने भएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैंक, वित्तीय सेवा, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवामा प्रयोग भएका सवारी साधनहरुले विषय उल्लेख गरी सञ्चालन गर्न पाउने भएको छ ।  त्यस्तै, जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुंगा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनले राति ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । सो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालन गरेर अत्यावश्यक सामग्री खाद्य सामग्री बेचबिखन, तरकारी, औषधि पसल सञ्चालन गर्न पाइने भएको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने छ । निषेधाज्ञाको समयमा होटेल तथा रेष्टुरेन्टले होम डेलिभरी दिन सक्ने र विवाह, व्रतबन्ध आयोजनाका लागि दुलाहदुलहीसमेत २५ जनाभन्दा बढी नहुने गरी सहभागी हुन पाउने र त्यसका लागि कुनै अर्को ठाउँमा जानुपर्ने तथा फर्कनुपर्ने भएमा दुईओटा सवारी साधनमा बढीमा १५ जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जान सकिने व्यवस्था गरिएको छ । कार्यालय सञ्चालनका लागि भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाले आफ्नो कार्यालयले कर्मचारीको अवस्था हेरी माथिल्लो निकायको स्वीकृत लिई आलोपालो सेवा र अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने भएको छ । रासस