तिहार सकिने बेला पनि फुलेन फूल

काठमाडाैं । तिहार सकिने बेलासम्म फूल नफुलेपछि खोटाङका फुल किसानहरु चिन्तित बनेका छन् । तिहारलाई लक्षित गरी लगाएको फूलमा बल्ल कोपिला लाग्दा उनीहरु चिन्तित बनेका हुन् । यो वर्ष तिहार फूल फूल्ने समय भन्दा छिटो पर्दा आफूहरुलाई मर्का परेको फूल किसानहरुको भनाइ छ । फूल नफुलेपछि तिहारमा खोटाङवासी बजारमा पाइने प्लास्टिकका फूलमा भरपर्नु परेको छ […]

सम्बन्धित सामग्री

कृषि प्राबिधिक विद्यार्थीद्वारा व्यावसायिक फूल खेती : RajdhaniDaily.com

RajdhaniDaily.com | उदयपुर । तिहार नजिकिँदै गर्दा गाईघाटमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका कृषि प्राबिधिक विद्यार्थीले यति बेला फूल तयार -

तिहारका लागि फूल तयार

तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।

तिहार पर्खिरहेका सयपत्री फूलहरू

तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन्। व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन्। अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन्।

हङकङ निर्यात हुँदै फूल

नेपाली बजारमा भारतीय फूलको निर्वाध प्रवेश रहेका बेला नेपालमै उत्पादित फूलले भने अन्तर्राष्ट्रिय बजार खोजी गरेको छ । तिहार नजिकिँदै गर्दा नेपाली मूलका नागरिक बसोवास गर्ने देश/स्थानमा फूलको बजार विस्तार गर्न लागिएको छ । यसै क्रममा चितवनबाट पहिलो पटक हङकङमा सयपत्री र मखमली फूल र मालाको निर्यात बिहीबार थालियो । कालिका नगरपालिकास्थित पदमपुरमा रहेको फूलमाला फर्म नेपालले ती फूलमाला शुक्रबार हवाई कार्गो गरी हङकङ पठाउँदै छ । फर्मका सञ्चालक गोविन्द बास्तोलाले पहिलो पटक छ सय सयपत्री र चार सय मखमली गरी हजार वटा माला र दुई क्विन्टल सयपत्री फूल निर्यात गर्न लागिएको जानकारी दिनुभयो ।

देउसीभैलोमा स्थानीय प्रशासनको रोक, सर्वसाधारण असन्तुष्ट

झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको संगीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ । भगवान् विष्णुबाट यमपञ्चकको ५ दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्न थालिएको धार्मिक विश्वास रहँदै आएको छ । पछिल्लो २ वर्षयता म्याग्दीमा तिहारको बेला खेलिने देउसीभैलोको रौनक विगतका वर्षको जस्तो छैन । गत वर्षको तिहारमा कोरोना भाइ...

फूलको पर्व तिहार र सयपत्री फूलको व्यापार (फोटो फिचर)

कात्तिक १८, काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड हो तिहार । तिहारको महत्वपूर्ण पक्ष भनेको फूल पनि हो । तिहारमा सजावट, पूजा र भाइटीकामा मालाका लागि फूल नभइ हुन्न । यो बेला फूल किनबेच अधिक हुने गर्छ । यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुो । तिहारलाई फूलको पर्व पनि भनिन्छ ।  बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै मुलुकभर फूलको व्यापार ह्वात्तै बढेको छ । काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीकाको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकमात्र होइन मुलुकभर विक्रीवितरणको लागि राखिएका छन् । विशेषतः पहेंलो र रातो रंगको फूलहरुको माग तिहारमा धेरै हुने गर्दछ ।   लक्ष्मी पूजाको दिन बिहीवार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतिक्षामा बसेका व्यापारी ।  प्रतिमाला १०० देखि २०० रुपैयाँसम्ममा विक्री हुने गरेको उनीहरुको भनाइ छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको छ । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   चितवनको कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढेको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ बीघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ नेपालमा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्। नेपालमा तिहारमा मात्रै सयपत्रीका १६ लाख ओटा माला विक्री हुने गरेको फ्लोलिकल्चर एशोसिएशनले बताएको छ । स्वदेशी फूलमा आत्मनिर्भर बन्ने  हो भने सरकारले फूलखेतीमा लागेका कृषकहरुलाई सहयोगका लागि आवश्यक नीति बनाउन आवश्यक रहेको  व्यवसायीहरु बताउँछन् ।

तयार भयो तिहारको फूल (फोटोफिचर)

पोखरामा तिहारको बेला वर्षेनी सयपत्री फूलको माग ह्वात्तै बढ्छ। यो वर्षपनि माग उस्तै छ। समयमा वर्षा भएका कारण धेरै किसान योपटक फूल खेतीमा लागेका थिए। फूल खेती गरेका किसान यतिबेला तिहार नजिकिएसँगै धमाधम फूल टिप्न व्यस्त छन्।

तिहारलाई साढे १८ लाख माला, सवा दुई लाख मालामा आयातकै भर

तिहार नजिकिँदै जाँदा फूल किसानदेखि व्यापारीसम्मलाई भ्याइनभ्याई सुरु भएको छ । अघिपछिको तुलनामा तिहारका बेला सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग धेरै हुने भएकाले माग बिस्तारै बढ्दै छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष पनि यहाँको माग धान्न पुग्ने गरी फूल उत्पादन भएको छैन ।

फूलैफूलको मौसम तिमीलाई…

२१ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारको बेला घर सिँगार्न, पूजा गर्न, दाजुभाइ–दिदीबहिनीलाई माला लगाइदिन फूल आवश्यक पर्छ । अर्थात् तिहारमा नभइ नहुने चीज हो फूल । त्यसैले पनि …

सयपत्रीबाट मनग्गे अान्दानी गर्दै पाख्रिन परिवार

तिहार भन्नेबित्तिकै फूलैफूल र बत्तीको झिलिमिली हुने पर्व सम्झन्छौं हामी । हुनपनि, मौसमअनुसारका मखमली, सयपत्रीलगायत दर्जनौंखाले फूल ढकमक्क फुल्छन् यो बेला । तर, तिहारमा विशेषतः प्रयोग हुने दुई मुख्य फूल हुन्–सयपत्री र मखमली ।