हङकङ निर्यात हुँदै फूल

नेपाली बजारमा भारतीय फूलको निर्वाध प्रवेश रहेका बेला नेपालमै उत्पादित फूलले भने अन्तर्राष्ट्रिय बजार खोजी गरेको छ । तिहार नजिकिँदै गर्दा नेपाली मूलका नागरिक बसोवास गर्ने देश/स्थानमा फूलको बजार विस्तार गर्न लागिएको छ । यसै क्रममा चितवनबाट पहिलो पटक हङकङमा सयपत्री र मखमली फूल र मालाको निर्यात बिहीबार थालियो । कालिका नगरपालिकास्थित पदमपुरमा रहेको फूलमाला फर्म नेपालले ती फूलमाला शुक्रबार हवाई कार्गो गरी हङकङ पठाउँदै छ । फर्मका सञ्चालक गोविन्द बास्तोलाले पहिलो पटक छ सय सयपत्री र चार सय मखमली गरी हजार वटा माला र दुई क्विन्टल सयपत्री फूल निर्यात गर्न लागिएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री […]

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर- चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।  तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । 'आठ सय...

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर,२४ कात्तिक । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । “आठ सय वटा […]

चितवनको सयपत्री र मखमली फूल हङकङ निर्यात हुने

चिवतनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला हङकङ निर्यात हुने भएको छ । माला र फूल हङकड लैजानका लागि बिहीबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।

हङकङमा पहिलो पटक सयपत्री फूल निर्यात गर्ने तयारीमा चितवनका किसान

चितवन । फूल खेती गर्दै आएका चितवनका किसानले हङकङमा फूल निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२, पदमपुरका किसान गोविन्द बास्तोला सहितका किसानले तिहारका लागि लगाइएको सयपत्री फूल हङकङ निर्यात गर्न लागेका हुन् ।  बिहीवार निर्यातको शुभारम्भ गर्न लागिएको किसान बास्तोलाले जानकारी दिए । सयपत्री फूल चितवनबाट पहिलो पटक हङकङ पठाउन लागिएको उनको भनाइ छ । ‘अहिले पहिलोे चरणमा स्याम्पलको रूपमा हङकङमा एक हजार माला र दुई क्विन्टल सयपत्री पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि उताबाट राम्रो प्रतिक्रिया आए थप चार हजार माला पठाउने छौं ।’ हङकङमा नेपाली व्यवसायीको मागअनुसार माला निर्यात गर्न लागिएको उनले बताए ।  बास्तोलाले पदमपुरमा तीन बिघामा फूलखेती गरेका छन् । उनले कृषि फार्म सञ्चालन गरेर व्यावसायिक फूल खेती गर्दै आएका छन् । हाल कालिका नगरपालिकाका किसान फूल निर्यात गर्न लागिए पनि आगामी दिनमा अन्य किसानसँग सहकार्य गरी निर्यात गरिने उनको भनाइ छ । ‘यो शुरुवाती मात्रै हो, फ्लोरिकल्चर एशोसिशयन नेपालका सदस्य समेत रहेका बास्तोलाले भने, ‘राम्रो भयो भने बाह्रैमासे फूल निर्यात गर्ने हाम्रो योजना छ ।’  सयपत्रीका दुई जात ‘टेनिस बल’ र ‘कलकट्टे’ निर्यात गर्न लागिएको उनले जानकारी दिए । यो जातको फूलको माला तिहारमा बढी लगाउने गरिन्छ । उनका अनुसार कात्तिक २४ गते राति काठमाडौंबाट हङकङ जाने जहाजमार्फत फूल पठाइनेछ । त्यसका लागि कात्तिक २३ गते नै फूल व्यवस्थापन गरिनेछ ।  यसका लागि फूल टिप्ने, माला बनाउने र प्याकेजिङ कार्य भइरहेको र कार्गो सर्भिसबाट पठाउन लागिएको उनको भनाइ छ । अर्का किसान घनश्याम बास्तोलाले चितवनबाट सयपत्री फूल पहिलो पटक निर्यात गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘यो चितवन समग्र नेपालकै किसानको लागि खुशीको कुरा हो,’ उनले भने, ‘यसले हामी मात्र नभई अन्य किसानलाई समेत हौसला र प्रेरणा दिन्छ ।’ हङकङसँगै थाइल्यान्डबाट पनि फूलको माग आएको उनले बताए । गोविन्दले भने, ‘पहिला हामी हङकङ निर्यात गर्छौं, कस्तो हुन्छ हेरौं अनि बिस्तारै थाइल्यान्ड पनि निर्यात गर्नेछौं ।’ नेपाली एक सय रुपैयाँ फूलको माला र ५०० रुपैयाँ किलोमा थुँगा फूल निर्यात गर्न लागिएकोे उनले बताए । उनले भने, ‘अहिले विदेशमा बेचिने र नेपालमा बेचिने मूल्य एउटै राखेका छौं । फक्रिएका फूल खेर नजाउन र नओइलियोस् भन्ने उद्देश्य पनि हो ।’  फ्लोरिकल्चर एशोसिएशन चितवनका सचिव सुलभ श्रेष्ठका अनुसार तिहारका लागि चितवनमा ५० बिघामा फूलखेती गरिएको छ ।  यस वर्षको तिहारमा चितवनलाई यहीको उत्पादनले पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएशनले चितवनमा चार लाख फूलको माला माग हुने जनाएको छ । चितवनमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । फ्लोरिकल्चर एशोसिएशनले एउटा मालाको खुद्रा मूल्य एक सय र खुला फूलको मूल्य ५०० रुपैयाँ निर्धारण गरेको छ ।