रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

सम्बन्धित सामग्री

मापदण्डविपरीत दुई सयभन्दा धेरै प्रहरी नेताको सुरक्षामा

रवि लामिछाने अघिल्लोपटक गृहमन्त्री हुँदा सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय सुरुमै गरे । गृह मन्त्रालयकै चालक र सहयोगीका रूपमा खटिएका प्रहरीलाई उनले फिर्ता पठाएर त्यसको सुरुवात गरेका थिए । अहिले गृहमन्त्री भएपछि फेरि...

फेरि समीकरण भत्किने-नभत्किने सुनिश्चितता अनुसार निर्णय लिन्छौं : रवि लामिछाने

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ रुपमा राजनीतिक कोर्स अगाडि बढ्न खोजेको आफूहरुको जानकारीमा रहेको बताएका छन् । शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएका छन् । नयाँ राजनीतिक […]

राहदानी विभागमा पुगे उपप्रधानमन्त्री रवि लामिछाने

१३ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

रवि लामिछानेको सांसदहरुलाई निर्देशन : पार्टीको निर्णय भन्दा बाहिर नबोल्नुहोला

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा बसेकोआवासीय बैठकबाट संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिनु भएको छ । लामिछानेले सांसदलाई भन्नु भयो ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन् । ’ लामिछानेले पार्टीले गरेको निर्णयभित्र जति पार्टीले निर्णय भएको त्यति […]

सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्।...

पार्टीभित्रको खबरदारी स्वाभाविक : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए ।बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रदर्शन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास ह

रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर पुग्दै

काठमाडौं, २३ असोज । स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् । उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय भएको छ । अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन पुग्दैछन् । यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा थियो । पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे […]

पुकार बमलाई आफ्नो पार्टीबाट चुनाव लडाउने रवि लामिछानेको निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१ बाट चुनाव लड्न पुकार बमलाई टिकट दिने निर्णय गरेको छ । विवेकशील दलका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा स्वतन्त्र हैसियत रहने गरी (पार्टी सदस्यता बिनै) आफ्नो चुनाव चिन्ह घण्टीबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो । सो पार्टीले टिक दिएपछि उनले आफू  विवेकशील अभियानमा रहिरहने र त्योप्रति सँधै गौरव गरिरहने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने आफ्नो निर्णय अभियानलाई अझै बृहत बनाउनेतिरको भएको

रवि लामिछाने नेतृत्वको पार्टीद्वारा प्रदेश चुनाव नलड्ने निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको लामिछानेले बुधबार जानकारी दिए । लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’ यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेक