मुगु : सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लाका विद्यालयका शिक्षक र विद्यार्थी अझै पनि शौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ।विसं २०७६ असोज १३ गते खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश भनेर तामझामका साथ घोषणा गरिएको थियो भने मुगु जिल्लालाई पनि २०७५ जेठ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।अझै पनि गाउँघर र विद्यालयतिर कसैलाई दिसापिसाब लागे प