आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित !

काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डाैकाे आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।गएकाे मङ्गलवार परीक्षामा चिट चाेर्न नदिएकाे भन्दै स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएकाे थियाे । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएकाे जनाएकाे हाे । क्याम्पस प्रशासनले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘...

सम्बन्धित सामग्री

विद्यार्थी कुट्ने शिक्षकले माफी मागेपछि कारबाहीबाट बचे, विद्यालयबाट निष्कासित

जनकपुरधाम । जनकपुरधामस्थित मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयमा विद्यार्थी कुट्ने शिक्षकले क्षमा मागेपछि कारबाहीबाट बचेका छन् । मंगलवार विद्यालयका नृत्य सिकाउने शिक्षक विशाल पासवानले कक्षा ३ मा अध्ययनरत आदिम मण्डललाई कुटपिट गरेका थिए । गालामा थप्पड हानेपछि बालक आदिमको गालामा रातो नीलडाम परेको थियो । कुटिएपछि बालक घर पुग्दा तत्कालै आफन्त विद्यालय पुगेर होहल्ला गरेको […]

आरआर क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा पुस ६ गते परीक्षा चलिरहेका बेला निरीक्षक प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निष्कासन गरेको छ ।

रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित

८ पुस, काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन् । गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । कु६पिटको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका  […]