वैशाख २४, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले दाङको लमहीमा बेमौसमी तथा मौसमी तरकारी खेती तालिमको आयोजना गरेको छ ।
दुई दिने उक्त तालिममा २५ जना ग्राहक सदस्यहरुको सहभागिता थियो । तालिममा प्रशिक्षक हरि प्रसाद शर्मा,पवनकुमार श्रेष्ठ,सिता रानाभाट, अनिता वि.क.ले प्रक्षिण दिएका थिए ।
करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेतीप्रविधि, फलवाला तरकारी खेतीप्रविधि, लहरे खेती प्रविधि, सागवाली खेती र बेमौसमी तथा मौसमी तरकारी खेतीप्रविधि, बेचबिखन, बजार व्यवस्थापन तथा वित्तीय साक्षरताबारेमा प्रशिक्षण दिइएको थियो ।
समापनका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले कर्जाको सदुपयोग गरे मात्र फाईदा हुने भन्दै तालिममा लिएका सीपलाई व्यवहारमा लागू गर्न सुझाव दिएका थिए ।
कम्पनीले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाका साथै ग्राहक सदस्यहरुको क्षमताअभिवृद्धि गराउन तथा व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गर्नका लागि विभिन्न किसिमका सीपविकास तालिम सञ्चालन गर्दै आइरहेको बताएको छ ।