मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा एक दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न

कास्की । मुक्तिनाथ विकास बैँक शाखा कार्यालय बुढिबजारले मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा एक दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

सम्बन्धित सामग्री

सबैको लघुवित्तको तरकारी खेती तालिम

काठमाडौं (अस) । तनहुँको बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले बर्र्दियाको बाँसगढी नगरपालिका–५ बाँसगढीमा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम सम्पन्न गरेको छ । तालिमका प्रशिक्षक रविन गिरी,  लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम चौधरी, गोकर्ण रावतले तालिम प्रशिक्षकको भूमिका वहन गरेको कम्पनीका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले बताए । तालिममा करेसाबारीको परिचय, महत्वका साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती, फल तरकारी खेती, लहरे खेती, जरे तरकारी खेती, मलखाद प्रयोग, सिँचाइ तथा व्यवस्थापन, बेमौसमी तरकारी खेती प्रविधि, रोगकिराबारे जानकारी तथा विषादी व्यवस्थापन, बजार व्यवस्थापन, कम्पनीले प्रदान गरिरहेका सेवा आदिबारे सहभागीलाई जानकारी दिइएको थियो । तालिममा सहभागीलाई कृषि अनुसन्धान निर्देशनालयको ७५ हेक्टरमा फैलिएको कृषि फार्म तथा खजुरा गाउँपालिका मनकामना चोकका स्थानीय व्यावसायिक कृषक कृष्णविक्रम केसीको साढे तीन बिघाको कृषि फार्म अवलोकन गराइएको थियो । सहभागीलाई प्रमाणपत्र वितरण गरिएको तालिममा कार्यक्रम सञ्चालन बर्दियास्थित ककौरा शाखा प्रमुख गोकर्ण रावतले गरेका थिए । कम्पनीले हाल ४३ जिल्लामा ९० शाखा, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयमार्फत लघुवित्त सेवा दिँदै आएको छ ।