उपभोक्ता ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८-७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागका अनुसार काठमाडौँबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार […]

सम्बन्धित सामग्री

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित […]

उपभोक्ता ठगी गर्ने महालक्ष्मी पेट्रोल पम्प सिल

काठमाडौं, ३ कात्तिक । उपभोक्तालाई तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ । आज (शुक्रबार) विहान अनुगमन टोलीले निरीक्षणका क्रममा पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको भेटेपछि उक्त पेट्रोल पम्प सिल गरेको हो । पेट्रोलियम पदार्थमा ठगिएको भन्दै सर्वसाधरणबाट व्यापक गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

‘उपभोक्तालाई ठगी गरे कारबाहीमा परिएला’

तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबेँसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको […]

उपभोक्ता ठगी गर्ने ९९६ व्यवसायीबाट सवा करोड जरिवाना

उपभोक्ता ठगी गर्ने ९ सय ९६ व्यवसायी फर्मलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरेर नौ महिनामा ती व्यवसायीलाई कारबाही गरिएको हो । सो अवधिमा मुलुकभर २ हजार १ सय २९ व्यवसायीफर्ममा अनुगमन भएको थियो । अनुगमनका क्रममा ठगी गर्ने ९ सय ९६ व्यवसायीफर्मलाई कारबाही गरेको विभागले जानकारी दिएको […]

उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा

उपभोक्ता ठगी गर्ने ८ सय ६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षको साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो ।सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]

उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा

काठमाडौं । उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आ.व.को साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो । सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिंक, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चारओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गरेको पाइएका ६ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।      जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।     एच आर ट्रेड लिंकलाई चामलका ८० बोरा नापजाँचका क्रममा औसत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।       यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरीवाना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवानाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चारओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सबेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए । कार्यालयका प्रमुख मनीषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीका लागि मुद्दा दायर गरिएको बताए । कार्यालयले चालू आर्थिक वर्षको भदौ असोजमा जरीवानाबाट ४४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

कात्तिक २८,  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ओटा ट्याक्सी चालक विरुद्ध मुद्दा दर्ता गरेको हो ।            कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार ओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।            जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।            एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नापजाँचका क्रममा औषत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवनाको माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।            यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र  १० हजार रुपैयाँ जरिवनाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए ।        यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ ।            उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चार ओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए।            कार्यालयका प्रमुख मनिषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप मुद्दा दायर गरेको बताए । उक्त कार्यालयले चालू आर्थिक वर्षको भदौ असोज महीनामा जरिवानाबाट ४४ लाख २२ हजार १८३ रुपैयाँ राजस्वसमेत संकलन गरेको छ ।

अफर र चिठ्ठाको नाममा ठगी गर्नेलाई कारबाही

चाडपर्वको बेला बजारमा अफरका नाममा कमसल सामान बिक्री गर्ने र चिठ्ठामार्फत ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा अफर दिएर उपभोक्ता ठगी गर्ने गरेको फेला परे तत्काल कारबाही गर्ने बताएको छ ।चाडपर्वको बेला बजारमा किनमेल बढी हुँदा व्यवसायीले विभिन्न अफर ल्याएर कमसल सामान दिएर उपभोक्ता ठग्ने […]

सेल्सबेरीमा एक किलो चिनीमा २० ग्राम ठगी

२७ भदौं, काठमाडौं । सातदोबाटोमा रहेको सेल्सबेरी सुपरमार्केटले चिनीको तौलमा उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा सुपरमार्केटले उपभोक्तालाई कम तौलको प्याकेजिङको चिनी बिक्री गर्ने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । एक किलो भनि प्याकेजिङ गरिएको चिनीको प्याकेटमा २० ग्राम कम तौल भेटिएको […]