रूपन्देही । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जनादेशविपरीत बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् । अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्कका उपलब्ध कार्यकर्तालाई चुत्राबेसीमा सम्बोधन गर्दै उनले परमादेशबाट निर्मित सरकार अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाए । उनले अदालतले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत देउवालाई प्रधानमन्त्री बनाएर व्यवस्थापिका र कार्यपालिकामाथि ठाडो हस्तक्षेप गरेको […]