प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाभियोग प्रस्तावविरुद्ध रिट दर्ता

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेरशमशेर जबराविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्दलगायतले दायर गरेको रिट संवैधानिक इजलासमा दर्ता भएको हो । उनीहरूले फागुन १ गते संसद् सचिवालयमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेशसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गर्न माग गरेका छन् ।

सम्बन्धित सामग्री

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियाका कागजात

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रियाका कागजात माग गरेको छ। संवैधानिक इजलासले डा पूण्यप्रसाद खतिवडाको रिटमा सुनुवाइ गर्दै महाभियोगसम्बन्धि कागजात संघीय संसद् सचिवालयसँग माग गरेको हो। प्रधानन्यायाधीशविरुद्धको महाभियोग संविधानसम्मत नभएको मागसहित खतिवडाले फागुन ११ गते रिट दर्ता गरेका थिए। प्रधानन्यायाधीशविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका ९८…

महाभियोग खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिट दर्ता भएको छ।सर्वोच्चका प्रवक्ता विमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ताको जानकारी दिए। महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोकविक्रम चन्दलगायतले संवैधानिक रिट दर्ता गरेका हुन्।रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी ग

प्रधानन्यायाधीशविरूद्धकाे  महाभियोग खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिटको रुपमा दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ताको जानकारी दिनुभयो । उहाँले एउटा रिट दर्ता भइसकेको र अर्को दर्ता हुने क्रममा रहेको बताउनुभयो ।

जबरामाथि लगाइएको महाभियोगविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, १२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ता भएको छ । जबरामाथि लगाइएको महाभियोग असंवैधानिक भएको भन्दै अधिवक्ता द्धय डा.पुण्य खतिवडा र दीपक मिश्रले रिट दायर गरेका हुन् । जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग गर्दै उनीमाथि लगाइएको महाभियोग प्रस्ताव खारेज गर्न माग गरिएको छ । […]

जबरामाथि महाभियोगविरुद्धको रिट दर्ता, संवैधानिक इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावविरुद्ध रिट दर्ता भएको छ। सर्वोच्चका अनुसार अधिवक्ताद्वय दिपकविक्रम मिश्र र पुण्यप्रसाद खतिवडाले बुधबार महाभियोगको प्रस्तावविरुद्ध रिट दायर गरेका हुन्। सर्वोच्चका प्रवक्ता विमल...