चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले चैतमा मात्रै १७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतले कैद र जरिवाना तोकेपछि फरार भएका १७१ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो।पक्राउ परेका प्रतिवादीहरु सार्वजनिक अपराध, लागुऔषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुञ्ज, हातहतियार खरखजाना, कुटपिट र कालोबजारी लगायत मुद्दाका अभियुक्त हुन्। उनीहरुबाट १८ वर्ष तीन महिना पाँच दिन कैद र सात लाख ७५ हजार ४३० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्ष