रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने

सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो।...

सम्बन्धित सामग्री

नमुना सहर विकासका काम सुस्त

मध्यपहाडी लोकमार्गअन्तर्गत १० वटा नमुना सहरको विकास गर्ने सरकारी घोषणामा परेको अन्तिम सहर हो बैतडीको पाटन । व्यवस्थित बस्ती, घरघरमा खानेपानीको धारा, सडक, ढलनिकास, विद्युतीकरण, आधुनिक कभर्डहल, ५० शय्याको प्रविधि सम्पन्न अस्पताललगायत निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभागले २०६८ सालमा गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु’

भैरहवा– रूपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बोहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गरिने बताएका छन । निर्वाचनमा रूपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका) साझा उम्मेदवारको रूपमा रहेका बोहराले व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गर्न धेरै सम्भावना रहेकाले गर्न बाँकी रहेकाले काम […]

भरतपुरलाई सुन्दर र लगानीमैत्री सहर बनाइने

चितवन, ७ असार । भरतपुर महानगरपालिकालाई हरियाली, सुन्दर र लगानीमैत्री सहरको रुपमा विकास गरिने भएको छ । पहिलो कार्यकालमा भौतिक पूर्वाधारमा बढी जोड दिएकी प्रमुख रेनु दाहालले दोस्रो पटक पनि निर्वाचित भएसँगै भौतिक सुधारसँगै सुन्दर सहर बनाउने योजना अघि सारेको हो ।महानगरका सहरी क्षेत्रमा भौतिक निर्माणका काम भइरहेका छन् । ती कामसँगै हरियाली र सुन्दरतामा […]

भरतपुरलाई सुन्दर र लगानीमैत्री सहर बनाइने

चितवन । भरतपुर महानगरपालिकालाई हरियाली, सुन्दर र लगानीमैत्री सहरको रुपमा विकास गरिने भएको छ । पहिलो कार्यकालमा भौतिक पूर्वाधारमा बढी जोड दिएकी प्रमुख रेनु दाहालले दोस्रो पटक पनि निर्वाचित भएसँगै भौतिक सुधारसँगै सुन्दर सहर बनाउने योजना अघि सारेकी हुन् । महानगरका सहरी क्षेत्रमा भौतिक निर्माणका काम भइरहेका छन् । ती कामसँगै हरियाली र सुन्दरतामा जोड […]

काठमाडौं महानगर पूर्ण साक्षरता सहर !

मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकालाई पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका छन् । आइतबार नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका साहले महानगरपालिका लागि पूर्ण साक्षरता सहर घोषणा गरिने बताएका हुन् । यस्तै, महानगरको सांस्कृति सहरको रुपमा विकास गर्ने गरी स्थानीय नेपाल भाषाको विकास एवं प्रवद्र्धनका लागि जारी प्राथमिक तहदेखि ८ कक्षासम्मको नेपाल भाषाको अध्ययन अध्यापन कार्यक्रमलाई समेत आफुले निरन्तरता दिएको मेयर शाहले बताए ।

रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने

काठमाडौँ,१६ जेठ । सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको वजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचनासहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएको हो । केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन […]

पोखराका व्यस्त चोकमा हाइमास्ट लाइट जडान गरिँदै

कास्की । भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त हाइमास्ट लाइट जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रूपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो । हाइमास्ट लाइटले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातीको समय यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्नेछ । स्मार्ट सडक बत्ती र हाइमास्ट लाइट जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार महानगरले नगरभित्रको ८० किमि क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा हाइमास्ट लाइट जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । रासस

अब पोखराका चोक–चोकमा ‘हाइमास्ट लाइट’

भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय शहर पोखरालाई उज्यालो सहरका रुपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो ।  ‘हाइमास्ट लाइट’ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।  स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्त...

१० नयाँ सहरबारे थप अध्ययन गरिने

सरकारले मध्यपहाडी लोकमार्गमा विकास भइरहेका १० नयाँ सहरबारे थप अध्ययन गर्ने तयारी गरेको छ । नयाँ स्थानीय तहअनुसार सहरको क्षेत्रफल विस्तार भएकाले ती सहरका भौतिक पूर्वाधारबारे थप अध्ययन गर्ने तयारी गरेको हो ।

पोखरालाई खेलकुदको सहरको रुपमा विकास गरिने– सचिव दाहाल

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद सहरको रुपमा विकास गर्न मन्त्रालयले बजेट विनियोजन गर्न लागेको बताएका छन्। सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले खेलकुद सहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गरे । सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै…