‘भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु’

भैरहवा– रूपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बोहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गरिने बताएका छन । निर्वाचनमा रूपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका) साझा उम्मेदवारको रूपमा रहेका बोहराले व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गर्न धेरै सम्भावना रहेकाले गर्न बाँकी रहेकाले काम […]

सम्बन्धित सामग्री

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : मन्त्री चौधरी

असोज- सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास […]

व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिनेछ । त्यसका लागि व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपरका प्राकृतिक, सांस्कृतिक, …

व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

–कृष्ण न्यौपाने/  व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिनेछ । त्यसका लागि व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपरका […]

व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

दमौली – व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा  विकास  गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक  महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका  पर्यटक आकर्षित गर्न सकिनेछ । त्यसका लागि व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपरका […]

व्यासको जन्मभूमि र पराशरको तपोभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा  विकास  गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक  महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका  पर्यटक आकर्षित गर्न सकिनेछ । त्यसका लागि व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपरका प्राकृतिक,  सांस्कृतिक,  धार्मिक  स्थल रहेको यो क्षेत्रको प्रचारको हुनुपर्ने

खुला सांस्कृतिक डवली निर्माण हुँदै

भरत शर्मा पाल्पा । कोरोना महामारीका कारण पाल्पामा पर्यटक आवागमन बन्द भएपनि पर्यटकीय पूर्वाधार निर्माणका काम भने धमाधम भइरहेका छन् । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउँको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माण गरेको छ । तानसेनको श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाख रुपैयाँमा प्रतिष्ठा कन्ट्रक्सन […]

सलहेश फूलबारीको पर्यटकीय सम्भावना

लहान नगरपालिकामा विभिन्न ऐतिहासिक एवं पर्यटकीय सम्पदाहरू जस्तै : सलहेश फूलबारी, पकडियागढ, देवीथान, ब्रह्मथान गोर्छारी जंगल, वासुकीनाथ मन्दिर आदि छन् । तीमध्ये सलहेश पुरातात्त्विक, धार्मिक, ऐतिहासिक र पौराणिक फूलबारी हो । सलहेश फूलबारी आजसम्म केही सुरक्षित अवस्थामानै छ । यसलाई राजा फूलबारी पनि भनिन्छ । यो फूलबारी करीब २५ बिगाह जतिमा गोलाकार भई फैलिएको छ । यस फूलबारीभित्र धेरै दीर्घजीवी रूखहरू छन् । जुन रूख ६०० देखि ९०० वर्ष पुरानोका छन् । परापूर्वकालमा राजा सलहेशले मनोरञ्जन एवं कुस्ती खेल्ने ठाउँका रूपमा पनि प्रयोग गर्दथे । त्यस समयमा यसको नाम शिलहट अखडा थियो । जुडशीतल पर्वको पावन अवसरमा अर्थात् नयाँ वर्ष वैशाख १ गते यहाँ ठूलो मेला लाग्छ । फूलबारीमा प्रत्येक साल चैत मसान्तको दिन फूल फुल्न शुरू गरि वैशाख १ गते फक्रिसक्ने गर्छ अर्थात् नयाँ वर्षको दिन वैशाख १ गते फुल्ने फूलले पूर्ण रूप लिन्छ र भोलिपल्टदेखि ओइलाउँछ । हारमको बोटमा सेतो रंगको माला आकारको फूल फुली नयाँ वर्षको स्वागत एवं प्रेमी प्रेमिकाको जीवन सार्थक बनाइरहेको छ, यस सलहेश फूलबारीले । यहाँ १ दिनका लागि फूल्ने गरेकाले यसलाई हेर्न हजारौंको संख्यामा युवायुवती, पर्यटक तथा दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ, प्रत्येक नयाँ वर्षमा । यस फूलबारीलाई योजनाबद्ध रूपमा विकास गरी प्रचारप्रसार गर्न सकेमा स्थानीय सरकारलाई आर्थिक संकलन गर्नमा ठूलो टेवा मिल्नेछ । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमी छ । त्यसैले यहाँ पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि त्यो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । व्यापारिक, औद्योगिक तथा सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण लहान नगरपालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय, धार्मिक तथा ऐतिहासिक आकर्षणहरूको महत्वलाई पहिचान गरिनुपर्छ । त्यसमा भौतिक पूर्वाधारको निर्माण गरी योजनाबद्ध ढंगले पर्यटनको विकास गर्न सकिन्छ । तराई क्षेत्रमा रहेका यस्ता थुप्रै ऐतिहासिक एवं पर्यटकीय तथा सांस्कृतिक महत्वमा धरोहरहरूको प्रचार गरी उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तराई अन्नको भण्डार भन्ने गरिन्छ । यहाँ उद्योग कलकारखाना खोल्न सहज मानिन्छ । तर, यहाँ रहेका सांस्कृतिक स्थलहरूको संरक्षण गरेर तिनलाई पर्यटकीय क्षेत्र बनाउन सके आर्थिक विकासका लागि थप अवसरसमेत प्राप्त हुन्छ । मुलुक संघीयतामा गइसकेको अवस्थमा प्रदेश सरकार र स्थानीय सरकारले दूरगामी सोचका साथ यहाँका धरोहर संरक्षण गर्नुका साथै त्यसलाई आर्थिक समृद्धिमा सहायक हुने गरी विकास गर्नु आवश्यक छ । यस्तो सम्भावना यहाँको सलहेस फूलबारी क्षेत्रमा रहेको छ । पर्यटन एवं ऐतिहासिक धरोहरका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना वोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रस्त रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, लाहान नगरपालिका क्षेत्रको लागि पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलको सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा व्यापारीक, औद्योगिक तथा पर्यटन व्यवसायलाई पनि एक दीगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ लहान नगरपालिकामा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस लहान नगरपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । कमल दहजस्ता पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ । लेखक गुणस्तरीय जीवनसम्बन्धमा विद्यावारिधि हुन् ।

जलयात्रासँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै बराहक्षेत्र

वैशाख ५, सुनसरी । सुविधा सम्पन होटलहरु सञ्चालन हुन थाले पछि बराहक्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनहरुमा वृद्धि भएको छ । अघिल्ला वर्षहरुको तुलनामा अहिले बराहक्षेत्रवासीको आम्दानी पनि बढेको छ । चतरामा सप्तकोशीमा मोटरेवल पुल, कोशीमा पानी बोट चल्न थालेपछि खानपीनमा खर्च गर्ने रुचाउने मनोरञ्जनात्मक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुन थालेको छ ।  केही वर्ष अघिसम्म बराहक्षेत्र मन्दिरमा पूजाअर्चना गर्न, मेला पर्वमा आएर नागबेली फोटो बोकेर तस्वीर खिचि धरान तथा इटहरीको होटलमा बस्ने पुग्थे । बराहक्षेत्रका व्यवासायीहरु धार्मिक पर्यटकहरुलाई स्वागत गर्ने र मिठाई बेचेर खुशि हुने गरेका थिए । अहिले पर्यटकहरु बराहक्षेत्रमै बस्न थालेपछि होटल तथा पर्यटन व्यवसायको आम्दानी पनि बढ्दै गएको छ । पकली – रुपनगर सडक खण्ड अन्तरगत निर्माण भएको बैकल्पिक राजमार्गको नाममा सप्तकोशीमा पुल निर्माण भए पछि ‘नयाँ कोशी पुल’ मा पर्यटकहरुको चहल पहल तिब्र हुन थालेको उद्योग वाणिज्य संघ चतराका अध्यक्ष रमेशकुमार बिष्ट बताउँछन् ।  विसं २०७२ सालमा शिल्यान्यास भएको पुल वरिपरी सुविधा सम्पन्न होटल सञ्चालन भएपछि सुनसरी आसपास तथा उदयपुरका पर्यटकहरु रमाउने थलो मात्र भएको छैन जमघट गर्ने थलोको रुपमा पनि विकास हुँदै गएको विष्टको भनाइ छ ।  बराहक्षेत्रको नाम नसुन्ने नेपालमा पर्यटक प्रायः कमै होलान् । बहुसंख्यक हिन्दु तथा ओमकार धर्मावलम्बी रहेको नेपालमा हिन्दु धर्मको महत्वपुर्ण चारधाममध्ये एक मानिएको बराहक्षेत्र प्रायः नेपालीको आस्थाको केन्द्रनै हो । कोका कौशिकीमा स्नान गरेर भगवान बराहक्षेत्र मन्दिरमा पुजाआर्चना गर्न नेपाल लगायत अन्य मुलुकहरुबाट पनि हिन्दुधर्मावलम्बीहरु बराहक्षेत्र आउने गर्दछन् ।  पछिल्लो समय धार्मिक पर्यटकहरुसँगै साहसीक तथा मनोेरंजनात्मक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भइरहेको छ । बराहक्षेत्रको चतरा र उदयपुरको बेलकाको कोठुक्षेत्र हाल पर्यटकीय हबको रुपमा विकास भइरहेको छ । नयाँ कोशी पुलस्थित होटल ग्यालेक्सीका संचालक इश्वर गुरुङ्गका अनुसार पुल आसपासका होटलले औषतमा ८ देखि १० लाख रुपैया मासिक कारोबार गर्ने गर्दछन् । पुल वरपर १५ / १६ ओटा होटल सञ्चालन भइरहेको छ भन्ने शुक्रवार र शनिवार ३ देखि ४ हजार पर्यटकहरु आउने गरेको उनको भनाइ छ । धार्मिक रुपमा प्रख्यात बराहक्षेत्र मन्दिर, कुम्भनगरी चतराधाम, औलिया बाबा जस्ता धार्मिक देवदेवालयहरुको भौतिक तथा विकास निर्माण र प्रचारप्रसारका कारण पछि परिरहेको समयमा बराहक्षेत्रमा भएका प्राकृतिक स्थल र सौन्दर्यताले प्रदेश नं १ का पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।   सप्तकोशीमा पछिल्लो समय जल यातायात आन्तरिक पर्यटकको रोजाई बनी रहेको छ । नेपाली पानीजहाज सञ्चालनले सप्तकोशीको महत्वलाई बढाई रहेको छ भने स्थानीय व्यवयसायीको आर्यआर्जन पनि बढ्दै गएको छ ।  कोशी पुलको आसपास उदयपुर सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइने छ भने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन हुने दाबी गरिएको छ । साथै आन्तरिक तथा बाह्रय पर्यटन विकासमा यस कदमले ठूलो योगदान र चिनारीमा टेवा पुग्ने छ । नगरपालिकाकै मुख्य पर्यटकीय क्षेत्रको रुपमा वडा नं १ अग्रपंक्तिमा रहेको छ । वडामा रहेका धार्मिक, सांस्कृतिक, सौन्दर्यात्मक तथा मनोरञ्जनात्मक स्थलको अबलोकन र रमाउन वार्षिक लाखौ पर्यटक आउने गरेका छन् । सवै प्रकारका पारखीहरुको तिर्सना मेट्ने गन्तव्यको रुपमा रहेको वडा नं १ लाई पर्यटक हब बनाउन लागि परेको वडाअध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् । वडामा रहेका बराहक्षेत्र मन्दिर, चतराधाम मात्र नभई मनोरञ्जन चाहने पर्यटकहरुको लागि समेत वडा नं १ प्रमुख गन्तव्य हुन सक्ने उनको भनाइ छ ।

सांस्कृतिक ग्रामको रुपमा विकास हुँदै सन्दकपुर

इलाम : संघीय सरकारले एक प्रदेश एक सांस्कृतिक ग्रामअन्तर्गत इलामको सन्दकपुर गाउँपालिका घोषणा भएपछि विकास पूर्वाधार निर्माणका काम सुरु भएको छ। २० वर्षे कार्यायोजना बनाएर पर्यटन विभागमार्फत पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्न लागेको हो। गत आर्थिक वर्ष सरकारले सन्दकपुरलाई पर्यटकीय गन्तव्य कार्यायोजना निर्माण गरेको थियो। पर्यटक...

सत्ता छाड्दा ५० लाख पर्यटक पुर्‍याउँछु : मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले पाँच वर्षभित्रमा वर्षेनी ५० लाख पर्यटक लुम्बिनी भित्र्याउने दाबी गरेका छन्। प्रदेश सरकारले पाँच नम्बर प्रदेशका पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनबाट सिंगो प्रदेशको विकास गर्ने योजनाका साथ काम अघि बढाउने उल्लेख गर्दै उनले पाँच वर्षपछि आफूले सत्ता हस्तान्तरण गर्दा पाँच लाख पर्यटकबाट ५० लाख पुर्‍याउने दाबी गरे। लुम्बिनी सांस्कृतिक नगरपालिकालाई शनिबार खुला…