१० नयाँ सहरबारे थप अध्ययन गरिने

सरकारले मध्यपहाडी लोकमार्गमा विकास भइरहेका १० नयाँ सहरबारे थप अध्ययन गर्ने तयारी गरेको छ । नयाँ स्थानीय तहअनुसार सहरको क्षेत्रफल विस्तार भएकाले ती सहरका भौतिक पूर्वाधारबारे थप अध्ययन गर्ने तयारी गरेको हो ।

सम्बन्धित सामग्री

जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक

काठमाडौं, चैत १८ । जलवायुजन्य विपद् जोखिम गर्ने हिसाबले नेपाल विश्वमा अग्रसूचीमा पर्ने भएकाले जलवायुजन्य हानिनोक्सानीको अध्ययन, मापन तथा क्षतिपूर्तिबारे थप अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विज्ञको सुझाव छ । गत वर्ष इजिप्टमा सम्पन्न जलवायुसम्बन्धी संयुक्त राष्ट्र संघीय २७औं सम्मेलनन ९कोप २७०ले जलवायुजन्य हानिनोक्सानीका लागि छुट्टै कोषको स्थापना गर्ने निर्णय गरेको र यस विषयमा […]

‘बीआरआईमा थप अध्ययन आवश्यक’

काठमाडौं । चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे नेपालमा पर्याप्त अध्ययन आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । बीआरआईको अवधारणा चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेपछि त्यसबारे गहन अध्ययन नै नगरी नेपालमा पक्ष र विपक्षमा धारणा आएको उनीहरूको भनाइ छ । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) का नीति सुधार सल्लाहकार भोजराज पौडेलले बीआरआई मूल रूपमा सुरक्षा, ऊर्जा र बजारमा केन्द्रित रहेको बताए । तर, हामीले यसमा आबद्ध भएर पाइने बजार सुविधाबाट मात्रै फाइदा लिन सक्ने उनको धारणा छ । बजारको लागि योजना छनोट गर्दा चाँहि ध्यान दिनुपर्ने बताउँदै उनले थपे, ‘अहिले हामी काठमाडौं–केरुङ रेलमार्गको कुरा गरिरहेका छौं तर आर्थिक र व्यावहारिक हिसाबले हामीलाई कोदारी मार्ग चार लेनको बनाउनु लाभदायी हुन्छ ।’ सल्लाहकार पौडेलका अनुसार पोखरा अन्तरराष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतको योजना भएको चीनको दाबी छ । नेपाल सरकारले भने यस विषयमा ढुलमुले प्रतिक्रिया दिएको छ । बीआरआई नेपालभित्र कसरी अगाडि बढिरहेको छ भन्नेमा पनि सरकार प्रस्ट हुनुपर्ने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिका प्रध्यापक खड्क केसीले बीआरआईलाई राष्ट्रहित अनुकूल अघि बढाउनुपर्ने बताए । ‘नेपालको लागि यो परियोजना आवश्यक छ । तर, कार्यान्वयनका क्रममा भूराजनीतिलाई ख्याल गर्नुपर्छ । राजनीतिक नेतृत्व चुक्नु हुँदैन,’ उनले भने । त्रिभुवन विश्वविद्यालयकै अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिका अर्का प्रध्यापक उद्धव प्याकुरेलले बीआरआईको कार्यान्वयन ढिलो भए पनि यो अवधिमा यसबारे थप प्रस्टता आएको बताए ।   नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको ट्रान्सपोर्टेशन एन्ड लजिस्टिक कमिटीका पूर्वअध्यक्ष राजन शर्माले एउटा छिमेकीले अगाडि सारेको परियोजना कार्यान्वयन गर्दा अर्को छिमेकी असन्तुष्ट बन्ने अवस्था आउन दिन नहुनेतर्फ सचेत गराए । ‘हामीले चीनसँग मिलेर संरचना बनाँउदा भारतले नाकाबन्दी लगाउने स्थिति आउनु हुँदैन । त्यसो भयो भने निकै दुर्भाग्यपूर्ण हुन्छ,’ उनले भने । तर, राजनीतिक एवं प्रशासनिक नेतृत्वले भने बीआरआई कार्यान्वयनमा भएको ढिलाइप्रति चिन्ता जनाउँदै यसलाई शीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआईलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले भने, ‘बीआरआई कार्यान्वयनमा सरकार कटिबद्ध छ । यसको सबैभन्दा महत्त्वपूर्ण काठमाडौं–केरुङ रेलमार्ग निर्माणमा केही ढिलाइ भएको छ तर यो अगाडि बढ्छ ।’ उनले चीनको बीआरआईमार्फत ऋणपासोमा फसिन्छ भन्नु भ्रामक प्रचारबाजी भएको बताए । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री एवं एमाले नेता प्रदिप ज्ञवालीले अहिलेको विश्वव्यापीकरणको लाभ सबैले समान किसिमले नपाएको चर्चा गर्दै बीआरआईको सहभागितामूलक विकास अवधारणा निकै सकारात्मक रहेको बताए । ‘हाम्रो ढिलासुस्ती, विज्ञताको अभाव र भूराजनीतिको कारणले विकास सोचे जसरी हुन सकेन । हामीले विकासमा लगानी बढाउनुपर्छ, त्यसको लागि बीआरआई सहयोगी सिद्ध हुनसक्छ,’ उनले भने । पूर्वमुख्यसचिव एवं चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले बीआरआई पञ्चशीलको सिद्धान्तमा आधारित रहेर अगाडि आएको बताए । चीनविरोधी खेमाले बीआरआईविरुद्ध व्यापक प्रचारबाजी गरिरहेको भन्दै उनले थपे, ‘चीनको ऋणले डुबाउँछ भन्नु गलत हो, सदुपयोग भएन भने मात्र हो डुब्ने । त्यो त जहाँसुकैको ऋणमा पनि हुन्छ ।’ उनले विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट अघि बढेका आयोजना विकासोन्मुख राष्ट्रको हितमा नभएको पनि बताए । ‘तर, बीआरआईसँगै अगाडि आएको एआईआईबीले विकासोन्मुख राष्ट्रको हितलाई ख्याल गर्ने गरेको छ,’ उनले भने । नेपालका लागि चीनका राजदूत छन सोङले बीआरआईअन्तर्गतका आयोजनाहरू विभिन्न ठाउँमा सफलतापूर्वक सम्पन्न भइरहेको बताए । नेपालमा पनि बीआरआईसँगै चिनियाँ लगानी भित्रिरहेको र नेपालले यसबाट अझै धेरै फाइदा लिनसक्ने राजदूत छनको भनाइ छ । बीआरआई अवधारणा शुरू भएको १० वर्ष पुगेको अवसरमा बेल्ट एन्ड रोड इनिसिएटिभ १० वर्षमा ‘नेपाल अनुभव’ कार्यक्रम काठमाडौंमा आयोजना गरिएको हो । फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले कार्यक्रम गरेको हो ।

एकीकृत समाजवादीको निर्णय : प्रचण्ड सरकारबारे थप अध्ययन गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले वामपन्थी बिचमा एकताका लागि सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। पोलिटब्युरो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई समर्थन गर्ने नगर्नेबारेमा थप अध्ययन गर्न पनि सचिवालयलाई अधिकार दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 'सरकारका बारेमा थप अध्यन गर्नुपर्ने देखिन्छ। देश र जनताका हितमा के कस्ता…

चीनबाट फर्केका एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण चीनबाट बीचैमा अध्ययन छोडेर नेपाल फर्केका एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन्। एमबीबीएस अध्ययनका लागि सन् २०१६ मा चीनका विभिन्न मेडिकल कलेजमा पढ्दै गरेका विद्यार्थीहरु कोभिडको महामारी सुरु भएपछि साढे २ वर्ष अध्ययनसमय बाँकी हुँदै गर्दा नेपाल आएका थिए। उनीहरु नेपाल आएपछि चीन सरकारले विद्यार्थीलाई पुनः […]

कर्णालीमा भाषाको थप अध्ययन आवश्यकः मुख्यमन्त्री शाही

भाषा आयोगले कर्णालीमा सरकारी कामकाजका लागि दोस्रो भाषाका रुपमा मगर भाषालाई सिफारिस गरेको छ। मुख्यमन्त्री शाहीले कर्णाली नेपाली भाषाको जन्मभूमि भएकाले कर्णालीमा दोस्रो भाषा सिफारिस गर्दा थप अध्ययन हुनु आवश्यक रहेको बताए।...

डब्लुएचओले भन्यो– कोरोनाको नयाँ स्वरुपबारे थप अध्ययन आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ कोरोना भाइरस’ बारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरका बीचमा तीव्र रुपमा फैलिइरहेको छ। एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसका लागि निकै खतरनाक साबित हुन […]

नयाँ  भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक : डब्लुएचओ

काठमाडाैं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ।चीनका अनुसन्धानकर्ताहरुले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरहरूका बीचमा तीव्र रुपमा फैलिइरहेको छ।एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसका लागि निकै खतरनाक साबित हुन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ। कोरोना भाइरस अलग–अलग किसिमको भाइरसहरूको समूह बन्ने र सामान्य रुघाखोकीदेखि गम्भीर स्वासप्रश्वास

नेकपा माओवादीले एमसीसीका विषयमा थप अध्ययन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीको विषमा थप अध्ययन गरेर मात्र सुझाव दिन कार्यदल बनाउने भएको छ । आज बसेको माओवादी केन्द्रको बैठकले कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरेपनि कार्यदलमा को–को रहने भन्ने टुंगो नलगाएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा बताउनु भएको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले कार्यदलको सुझाव लिएर आवश्यक […]

नयाँ पम्प स्वीकृति : निगमले थप अध्ययन गर्ने

नयाँ पेट्रोलपम्म सञ्चालनको स्वीकृति दिन नेपाल आयल निगमले थप अध्ययन गर्ने भएको छ । एउटै नगरपालिकाबाट १० वटासम्म आवेदन परेपछि सबैलाई स्वीकृति दिन मिल्ने नमिल्ने बारेमा थप अध्ययन गर्नु परेको निगमले जनाएको छ ।