विराटनगर : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देश अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भएको आरोप लगाएका छन्। मोरङको बेलबारीमा शुक्रबार आयोजित नगर सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले करिब ३ दशक सत्ता सम्हालेका राजनीतिक दलहरूले देशलाई पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाउँदै भने, ‘जुन देशको जनसंख्या ३ करोड पुगेको छैन‚ त्यो देशका पचासौँ लाख युवा वैदेशिक रोजगारीमा छन्।’देश बन्छ भनेर फेरि तिनै नेतालाई भोट दिनु भनेको साँढेको टाङम