काठमाडौँ- सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बिहीबार बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्न लागेकाे हाे। बैठकमा सर्वोच्च अदालतको फैसला, आन्दोलन तथा नेपाल बन्दका कार्यक्रमबारे छलफल गरिने पार्टीस्रोतले जनाएकाे छ। टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतले सदर गरेको छ। […]