तपाईं कर तिर्न कार्यालयतर्फ निस्कँदै हुनुहुन्छ ? या कर तिर्ने कार्यालयमा हुने भीड सम्झिएर हैरानीमा हुनुहुन्छ ?
कर कार्यालयमा हुने भीड एकातिर छ भने कर नतिरे जरिवाना तिर्नुपर्ने बाध्यता अर्कातिर । अझ कर तिर्न घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता उस्तै । त्यसको उदाहरण त तपाईं-हामी नै हौँ ।
कर तिर्न दिनभर कामको माया मारेर भोकभोकै बस्नुपर्ने बाध्यता सम्झँदै पनि विरक्त लाग्छ । तर, अब भने यो बाध्यता नेपालका लागि इतिहास बन्दै छ ।
कर तिर्न धाउनुपर्ने बाध्यतालाई चिर्दै अनलाइनबाटै कर...