सिमकोट – हुम्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जाने कर्मचारीको मानवअधिकार हनन भएको आरोप लगाइएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले मानवअधिकार हनन भएको बताए। जिल्लामा राष्ट्रिय मानव अधिकार आयोगले शनिबार आयोजना गरेको निर्वाचन र मानवअधिकार कार्यक्रममा उनीहरूले सो आरोप लगाएका हुन्। मुख्यमन्त्री शाहीले उत्तरी नाम्खा गाउँपालिकाको लिमीका तीन वटा […]