चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुनको नाममा अल्पसङ्ख्यक उइगुर समुदाय र हङकङमा आधारभूत स्वतन्त्रताको अधिकार हनन गरिरहेको आरोप लागेको छ। चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन साथै कोरोना भाइरस रोकथामका कदमको नाममा अल्पसङ्ख्यक उइगुर र हङकङमा आधारभूत स्वतन्त्रता हनन गरेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख मिसेल बसेलेटले टिप्पणी गरेकी छन्।