अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भएका छन् । ती घटनामध्ये पत्नी हत्याका छ, परिवारजनबाट हत