महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले बिहीबार पनि सो कार्यलाई निरन्तरता दिएको छ । अनधिकृत संरचना हटाउने कार्यमा मिडिया र महानगर प्रहरीका साथै कर्मचारी लिएर बालेन आफै फिल्डमा खटिँदै आएका छन् । बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाएका बालेन बिहीबार भने केही फरक शैलीमा प्रस्तुत भए । नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा उनी संरचना हटाउन भनेर पुगे । तर, त्यहाँ डोजर चलेन बरु उनको अल्फा बिटाका घरबेटीसँग सवाल जवाफ चल्य