सनराइज बैंकले सहकारीका ग्राहकलाई डेबिट कार्ड दिने

सनराइज बैंकले भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाहरूका ग्राहकका लागि को–ब्राण्डेड डेबिट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रालि, आइमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेडसँग सहकार्य गरी डेबिट कार्ड जारी गर्ने परियोजना थालेको छ । यो परियोजनाअन्तर्गत पूर्वतयारी निम्ति भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको बैंकले जानकारी दिएको छ । पहिलो चरणमा कार्ड जारी गर्न बैंकले विभिन्न चार सहकारी संस्थासँग सम्झौता गरेको छ भने प्राविधिक सेवा प्रदायकहरूको सहकार्यमा सिस्

सम्बन्धित सामग्री

लक्ष्मी सनराइज बैंकले ल्यायो दसैं योजना

काठमाडौं– लक्ष्मी सनराइज बैंकले ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकको भनाइ छ । असोज १८ देखि कात्तिक ३० गतेसम्म लागू हुने योजनाअन्तर्गत लक्ष्मी बैंकको मोबाइल मनी, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ । परम्परागत रूपमा दसैंमा गरिने गतिविधिी […]

सनराइज बैंकले सञ्चालनमा ल्यायो सम्पूर्ण बचत खाता योजना

काठमाडौं । सनराइज बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । सनराइज सम्पूर्ण बचत खाता योजनामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन् । उक्त खातामा बैंकले पाँच वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र […]

सनराइज बैंकको सहकारी लक्षित को–ब्रान्डेड डेबिट कार्ड

काठमाडौं (अस) सनराइज बैंकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । बैंकले डिजिटल बैंकिङमा बढीभन्दा बढी सर्वसाधारणको पहुँच पुर्‍याउने उद्देश्यसहित भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकका लागि को–ब्रान्डेड डेबिट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर), आईमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स्सँग सहकार्य गरेको छ । सहकार्यपछि सहकारी संस्थाका ग्राहकलाई डेबिट कार्ड जारी गर्ने परियोजना बुधबारबाट सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । परियोजनाअन्तर्गतका पूर्वतयारीस्वरूप को–ब्रान्डेड कार्ड जारी गर्न भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको बैंकले जनाएको छ । बैंकले पहिलो चरणमा कार्ड जारी गर्न विभिन्न चार सहकारी संस्थासँग सम्झौता गरिसकेको छ भने प्राविधिक सेवाप्रदायकको सहकार्यमा सिस्टम तयार गरी परीक्षणसमेत भइसकेकोे छ । यस कार्यक्रमबाट बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुुसंख्यक जनसंख्या लाभान्वित हुने हुँदा वित्तीय समाबेशीतामा योगदान पुग्ने र डिजिटल कारोबारको कारणले आर्थिक पारदर्शितामा समेत वृद्घि भई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ । भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एसियामै  पहिलो अभ्यास भएको दाबी बैंकको छ । परियोजनाअन्तर्गत जारी गरिने कार्डमार्फत हुने कारोबारका लागी बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्नेछ । यसका अतिरिक्त कार्ड जारी गर्न सम्बन्धित भिसा इन्टरनेसलनसँग आवश्यक पहल गरी बीआईएन (बैंक आइडेन्टीफिकेसन नम्बर) उपलब्ध गराउने तथा कार्ड पर्सनलाइज्ड गर्ने कामसमेत  बैंकले गर्नेछ । परियोजनाअन्तर्गत जारी हुने कार्डका लागि स्विचिङ सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सले गर्ने बैंकले जनाएको छ । परियोजनाअन्तर्गत जारी हुने कार्ड बैंक स्वामित्वको बीआईएनअन्तर्गत जारी हुनेछन् भने ती कार्ड सम्बन्धित सहकारी संस्थामा रहेको कार्डवाहकको खातामा सोझै लिंकेड हुनेछन् ।

सनराइज बैंकले सहकारी सदस्यका लागि डेबिट कार्ड जारी गर्ने

सनराइज बैंकले भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकका लागि को–ब्रान्डेड डेबिट कार्ड जारी गर्ने भएको

सनराइजको सहकारी भिसा कार्ड

सनराइज बैंकले सहकारीका सदस्यलाई लक्ष्य गरेर भिसा डेबिट कार्ड ल्याएको छ।

सनराइज बैंकले सहकारीका ग्राहकलाई पनि भिसा डेबिट कार्ड उपलब्ध गराउने

काठमाण्डाै – सनराइज बैंकले सहकारीका ग्राहकले पनि भिसा डेबिट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ ।  आज बुधवार बैंकले काठमाण्डाैमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकले पनि भिसा डेबिट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो । याे सेवा विस्तारका लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता गरेको छ । कार्यक्रममा बोल्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले चार वर्षको प्रयासपछि सहकारीमा भिसा डेबिट कार्ड प्रयोगमा ...

अब सहकारीका ग्राहकलाई पनि भिसा डेबिट कार्ड, सनराइन बैंकले गर्‍यो सहयोग

अब सहकारी संस्थाका ग्राहकहरूले भिसा कार्ड पाउने भएका छन् । सनराइन बैंकको सहयोगमा सहकारीहरूले भिसा डेबिट कार्ड जारी गर्ने भएका हुन् । सनराइज बैंकले सहकारी संस्थाका ग्राहकलाई को ब्रान्डेड डेबिट कार्ड जारी गर्नेछ । यसका लागि बैंकले पायोनियर एसोसियट्स (कोसिस सहकारी सफ्टवेयर), आईमार्क र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्प (नेप्स)सँग सहकार्य गरिएको छ । डेबिट कार्ड जारी गर्ने परियोजना आजबाट लाइभ गरिएको हो । पहिलो चरणमा ४ सहकारीसँग सम्झौता भएको छ ।

सनराइज बैंकले ल्यायो सहकारीको लागि डेबिट कार्ड, भारत र भुटानमा पनि चल्ने

सनराइज बैंकले सहकारी संस्थाहरुको लागि भिसा को -ब्राण्ड डेबिट कार्ड (Visa c0-brand Debit card) संचालनमा ल्याएको छ। सहकारी संस्थाहरुले जारी गर्ने यस कार्ड नेपाल सहित भारत र भुटानमा पनि प्रयोग गर्ने मिल्ने छ ।पायोनियर एसोसियट, सनराइज बैंक र आईमार्कको सहकार्यमा कार्ड जारी गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार हाल पाइलट प्रोजेक्टको रुपमा ५ सहकारी संस्थाहरु मार्फत कार्यक्रम सचालन गरिएको छ।  बैंकले यस आर्थिक बर्ष भित्रमा चार प्रदेशबाट थप न्यूनतम २५ सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। सन् २००६ मा स्थापना भएको पायोनियर एसोसियटले   समय सापेक्ष विभिन्न विद्युतिय वित्तीय पहुँचका औजारहरु (Fintech Apps & solutions) उपलब्ध गराउदै गुणस्तरिय वित्तीय पहुँचमा सहयोग पुराउदै आएको छ । पायोनियर एसोसियटले उपलब्ध गराएको कोशिस सफ्टवेयर हाल एक हजार भन्दा बढी सहकारीहरुले प्रयोग गरिरहेका छन् । त्यस्तै कम्पनीले NEXGen CoSys , लघुवित्त वित्तीय संस्था र लघुवित्त नमूना अनुसरण गर्ने सहकारी संस्थालाई, कृषि उत्पादन, प्रशोधन र बजारिकरण गर्ने कृषि सहकारी संस्थालाई FarmSys, उपभोक्ता भण्डार सञ्चालन गर्ने सहकारी संस्थाकोलाई CoSys Store Sys प्रणाली बिकास गरी वितरण गरेको छ ।त्यस्तै मोबाइल बैंकिड, QR Code सेवा, Management App ब्यबस्थापकलाई तत्कालै जानकारी हुने व्यवस्थापन प्रतिवेदन प्रणाली, सदस्यहरुको घरदैलो तथा ब्याबसाय स्थलमा गइ बचत ऋण किस्ता व्याज आदि संकलन गर्ने कलेक्टर एप (Collector App), गतिशिल सेवाकेन्द्र ( Mobile Counter), साख सूचना ब्यबस्थापन प्रणाली (Credit Information Management Service System), विभिन्न तहबाट प्रगति मूल्यांकन, अनुगमन को साथै प्रतिवेदन प्रणाली, सेवाकेन्द्र कारोवार प्रणाली Inter branch transactions) आदि सेवाहरु उपलब्ध गराउदै आएको छ ।यस प्रकारका सेवा उपभोग गर्ने साझेदार सहकारी संस्थाहरुलाई बिहान ७ बजेबाट बेलुकी ७ बजे सम्म हप्ताको सातै दिन सेवा उपलब्ध गराउदै आएको छ । यसको अतिरिक्त अन्य सेवा प्रदायकको प्रणाली (software) छाडेर कोसिस रोज्ने सहकारी संस्थाहरुलाई तथ्यांक स्थानान्तरण सेवा (DATA Migration) समेत उपलब्ध गराउदै आएको छ । मासिक रुपमा सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुलाई विभिन्न विषयमा तालिम समेत संचालन गर्दै आएको छ ।

नारी बचत खाता खोल्ने महिलाहरुलाई सनराइज बैंकले दिने छ यस्ता सुविधा

काठमाडौं । सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महिनाभर विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुलाई भदौं महिनाभर नारी बचत खाता खोल्ने महिलाहरुलाई आकर्षक ब्याजका साथै विभिन्न ५ वटा सेवाहरु निःशुल्क दिइने बैंकले जनाएको छ । प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।साथै बैंकले